भर्खरै :

स्वास्थ्य र शिक्षा निःशुल्क गर्न माग

हेटौंडा, ३० भदौ । प्रदेश नं. ३ को प्रदेशसभाअन्तर्गत शिक्षा, स्वास्थ्य समितिको बैठक शनिबार सम्पन्न भयो ।
बैठकमा प्रदेश स्वास्थ्य सेवासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन पेश गर्दै नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताले महसुस गर्ने गरी व्यापक परिवर्तन ल्याउन नसकेसम्म कुनै पनि सरकारलाई विश्वास नगर्ने बताउनुभयो ।
उहाँले समाजवादको नारा लगाउँदैमा कोही कम्युनिष्ट बन्न नसक्ने बरू समाजवादी विचारलाई व्यवहारमा लागू गर्नु नै महत्वपूर्ण हुने प्रस्ट पार्नुभयो ।
सांसद गोसाईंले भन्नुभयो, ‘‘समाजवादतिर अगाडि बढ्न साँचो अर्थमा खोजिएको हो भने स्वास्थ्य सेवा निःशुल्क र सबैको पहुँचको विषय बनाउन आवश्यक छ । शिक्षा निःशुल्क तथा अनिवार्य गरिनुपर्छ ।’’
बैठकमा बोल्दै समितिका सदस्य सृजना सैंजूले स्वास्थ्य सेवालाई निःशुल्क गर्ने प्रावधान विधेयकको उद्देश्यमा प्रदेश सरकारले राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले बालबालिकाको आहारका साथै गर्भवती आहारसमेत प्राथमिकतामा राखी महिलाहरूको पक्षमा प्रदेश सरकार उभिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले स्वास्थ्य शिविरलगायतका गतिविधि सञ्चालन गर्दा प्रदेश सरकारले स्थानीय तहसँग अनिवार्यरूपमा समन्वय गर्नुपर्ने बताउनुभयो ।
बैठक समितिका सभापति घनश्याम दाहालको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *