यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ असोज । ‘जनप्रतिनिधिहरू दमकल र एम्बुलेन्सले जस्तै जनताको सेवामा जुट्न तत्पर हुनुपर्दछ । आलोचनाले काम गर्नेलाई परिष्कृत हुने अवसर प्राप्त हुन्छ । नगरपालिका यही भावनाका साथ अघि बढिरहेको छ । कानुन देखाउन होइन, पालना गर्न हो ।’
उक्त विचार भक्तपुर नगरपालिका बजार अनुगमन समितिको आयोजनामा महालक्ष्मीदेखि कमलविनायक लान्चापलीसम्मका व्यवसायीहरूको मङ्गलबार भएको भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभएको हो ।
उहाँले व्यापारमा पनि स्वच्छ, शुद्ध नाफा लिएर व्यवसाय गर्न र अस्वस्थ प्रतिस्पर्धाले दीर्घकालीन रुपमा नोक्सान हुने बताउनुभयो । व्यवसाय गरेपछि कर तिर्ने, उपभोक्ता ऐनअनुसार अनुगमन गर्ने र त्यसमा देखिएको कमिकमजोरी हटाउनुपर्ने उहाँले बताउनुभयो ।
बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको सभापतित्वमा भएको कार्यक्रममा हरिराम सुवाल, रोशनमैया सुवालले बोल्नुभएको थियो भने व्यवसायीहरू कुवेर शाही, केशवप्रसाद दंगाल, सुरेन्द्र व्याञ्जू र बुद्धिकुमार मुस्याख्वले सडकपेटीमा सामान कतिसम्म राख्न पाईने मापदण्ड बनाउनुपर्ने, बाटो धुलाम्ये र हिलाम्ये भएको साथै खाल्डाखुल्डी व्यवस्थापन गर्नुपर्ने, गाडीबाट सामान बेच्ने घुम्ती पसलले कर नतिर्ने भएकोले कडा गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैबीच भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा राममन्दिर टुरिज्म मार्केट र भुलाँचामा शुक्रबार अनुगमन गर्दा ४६ पसलमध्ये २७ वटा पसल दर्ता नभएको पाइयो । शुक्रबार नै सल्लाघारीमा गरिएको अनुगमनमा ४४ वटा पसलमध्ये १२ वटा दर्ता नभएको पाइयो ।
अनुगमनमा टोलीले स्वीकृति नलिई मादकपदार्थ बिक्री नगर्न, अखाद्य वस्तु बिक्री नगर्न, ढक तराजू नवीकरण गर्न, मूल्यसूची र साइनबोर्ड राख्न र पेटीमा रहेको टहरा हटाउन निर्देशन दियो । टोलीले अनुगमन गरेका पसलमा सरसफाइमा ध्यान दिन, सडक पेटीमा सामान नराख्न आदि सुझाव दिएको थियो ।
Leave a Reply