यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नयाँ दिल्ली, २ असोज । लौ भाइ रामराज्य आयो ! जनतालाई आफ्नो खुट्टा धुन लगाएर पानी पिउन लगाउने भारतको गोड्डा झारखण्डका भारतीय जनता पार्टीसम्बद्ध सांसद निशिकान्त दुबे लोकमत पार्लामेन्ट अवार्ड सन् २०१८ बाट सम्मानित भएका छन् । आगामी डिसेम्बर १३ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने समारोहबीच भारतका उपराष्ट्रपति बैङकैया नायडूबाट उनले सो पुरस्कार पाउनेछन् ।
उत्कृष्ट सांसदलाई दिइने यो लोकमत पार्लामेन्ट अवार्डको निर्णायकमण्डलको अध्यक्ष मुरली मनोहर जोशी हुन् । त्यसका अरु सदस्यहरूमा फारुख अब्दुल्ला, प्रो.सौगत राय, प्रफुल पटेल, डी. राजा, डा.सुभास कश्यप, एच. के. दुआ, रजत शर्मा, विजय दारदा र हरिश गुप्ता छन् ।
विडम्बना यो निर्णायक समितिले खुट्टा धोएर पानी खानेजस्तो सामन्तवादी मूल्यमान्यतामा विश्वास गर्ने सांसद निशिकान्त दुबेलाई उत्कृष्ट सांसद अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । ‘सांसद डा.दुबेलाई यो पुरस्कार प्रजातान्त्रिक र संसदीय प्रणालीलाई बलियो बनाएवापत प्रदान गरिनेछ ।’, समितिमा भनिएको छ ।
लोकमत ग्रुप अफ न्युज पेपरका अध्यक्ष विजय दारदाले यस्तो सामन्ती सांसदको बारेमा भने,‘डा. निशिकान्त दुबेको प्रस्तुति प्रेरणादायी छ । यसले अरु सांसदमा पनि सकारात्मक प्रभाव परेको छ । लोकमत ग्रुप यो निर्णयको स्वागत गर्दछ ।’
निशिकान्तले झारखण्डको गोड्डा जिल्लाको कलाली, कन्हवारा गाउँबाट बहने कझिया नदीमा २१ करोड भारुको लागतमा बनेको हाइलेबल पुलको उद्घाटन समारोहमा गोड्डाका पूर्व महामन्त्री पवनकुमार साहलाई आफ्नो खुट्टा पखाल्न लगाएर पानी पिलाएका थिए ।
त्यसो गरेकामा निशिकान्तले सार्वजनिक रुपमै पवनकुमार साहप्रति कृतज्ञता व्यक्त गरेका थिए । यसरी आफ्नो कार्यकर्तालाई खुट्टा धुन लगाएर पानी खुवाएको सामन्ती कुकृत्यको झारखण्डमा विरोध हुँदा निशिकान्तले परम्पराको रक्षा गर्नुपर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘पवन साहजस्ता निष्ठावान कार्यकर्ता खुसीसाथ खुट्टा धोएर चरणामृत पान गर्छन् भने यसमा अनौठो के कुरा छ र ¤ झारखण्डमा यसरी खुट्टा धुनु भनेको पाहुना सत्कारको रुपमा हो । यसलाई राजनीतिक रुङ्ग दिनु उचित होइन ।’
Leave a Reply