ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडांै, २ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको २८ औं स्थापना दिवस (असोज ३) को उपलक्ष्यमा भक्तपुरमा राष्ट्रव्यापी रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवाल र नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोंजुले चेसको गोटी चालेर गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले खेल अनुशासन र मित्रताको लागि खेल्नुका साथै खेलाडीहरूले देशको सार्वभौमिकताका बारेमा पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले अनुशासन नहुँदा अराजकता र लुटपाट मच्चिने हुँदा देशको नेतृत्वमा रहनेहरूले पनि अनुशासन पालना गर्नुपने बताउनुभयो ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा प्रहरीले अनुशासनको पालना नगर्दा दोषी उम्किन सक्ने र अझैसम्म पीडितले न्याय नपाएको उहाँले बताउनुभयो । उहाँले गैरजिम्मेवार प्रहरीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुका साथै प्रहरी प्रशासन कुनै पनि बेला दमकल र एम्बुलेन्सजस्तै जनताको सेवामा जुट्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले नेपाल र भारतबीच रहेको खुला सिमानाको कारण अनेक विकृति भित्रिनुका साथै हालसालै भारतको बाबाधाममा गएर फर्किएका नेपालीहरूमा स्वाइनफ्लु र हङकङ फ्लू भेटिएकोले नेपालीहरू सतर्क हुनुपर्ने आवश्यकता औंल्याउँदै खुला सिमानालाई नियमन गरेर देशको सार्वभौमिकता रक्षार्थ खेलाडीहरूले सोच्नुपर्ने बताउनुभयो ।
उहाँले युवाहरूलाई विकृति विसङ्गतिबाट बचाएर स्वस्थ र अनुशासित बनाउन कुनै न कुनै खेलमा आबद्ध बनाइरहनु जरुरी भएको बताउँदै दलाल म्यानपावर कम्पनीहरूले नेपाली युवाहरूलाई विदेशमा बेचिरहेको र अहिले ६ वटा म्यानपावर कम्पनीहरूले १६ जना नेपाली युवासँग २÷२ लाख उठाएर विचल्ली बनाएको समाचार पनि प्रकाशित भइरहेको बताउनुभयो ।
सांसद सुवालले शासक दलका नेताहरूमा अनुशासन नभएको कारण सुन तस्करका ठूला माछा पक्राउ नपरेको र प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले कमलविनायक नगरकोट बाटोमा ध्यान नदिएको कारण भक्तपुरका जनताले दुःख पाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजुले नेपाल क्रान्तिकारी युवा सङ्घ स्वस्थ र सबल युवा शक्ति तयार पार्न क्रियाशील रहनुका साथै समाजवादी गणतन्त्र प्राप्तिको अभियानमा सङ्घर्षरत रहेकोले सम्पूर्ण खेलाडी तथा खेलप्रेमी मित्रहरूले सहयोग र समर्थन गर्नु जरुरी रहेको बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघु, नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष बिदुर गौतम, प्रतियोगिताका चिफ आर्विटर निरञ्जन प्रजापति र आयोजक समितिका रामशरण त्वातीले पनि बोल्नुभएको थियो ।
मङ्गलबार भएका खेलमा चार अड्ढसहित सुरवीर लामा, कृष्ण थापा र बद्रीलाल नेपाली अग्रस्थानमा छन् भने राजेन्द्र बज्राचार्य, राजेन्द्र सिजख्व र मनिष हमाल साढे तीन अड्ढका साथ अघि छन् । प्रतियोगिताका सबै फाइनल खेल बुधबार १०ः३० बजेबाट खेलाइने आयोजक समितिले जनाएको छ ।
Leave a Reply