ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडौं, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ स्थापना दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको समापन समारोह बुधबार सम्पन्न भयो ।
समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका चिफ आर्विटर निरञ्जन प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुका साथै दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार वितरण गर्दै केन्द्रीय सदस्य प्रजापतिले भक्तपुर नगरपालिकाले बालबालिकाहरूको सर्वा·ीण विकासका लागि विविध खेल प्रशिक्षणमा जोड दिंदै आइरहेको र खेलकुदलाई अनिवार्य गर्न लागिपरेको बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा खेलाडीहरू सहभागी गराउन नगरपालिकाले नियमितरुपमा तालिमको व्यवस्था गर्दै आएको र राष्ट्रियस्तरको खेलमा उत्साहित बनाउन खेलकुद समिति परिचालनमा विशेष ध्यान पु¥याउँदै आएको उहाँले प्रकाश पार्नुभयो ।
नेमकिपा भजिसका सदस्य पाण्डव सुवालले देशको सार्वभौमिकता र भू–अखण्डता रक्षाको लागि नेमकिपाले खेल्दै आइरहेको भूमिकाबारे देशभर प्रचार गर्न जरुरी भएको बताउँदै खेलकूदलाई मौलिक हकको रुपमा संविधानमा समेट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिता संयोजक राजकुमार लघु, आयोजक समितिका हरिसुन्दर सुवाललगायतले खेलको महत्वबारे बोल्नुभयो ।
प्रतियोगिताका चिफ आर्विटर निरञ्जन प्रजापतिले खेलको परिणाम घोषणा गर्नुभएको थियो । जसअनुसार काठमाडांैका मनिष हमाल प्रथम, मकवानपुरका कृष्ण थापा द्वितीय, काठमाडौंकै केशव श्रेष्ठ तृतीय, ललितपुरका बद्रीलाल नेपाली चौथो भक्तपुरका राजाराम दुवाल पाँचौ, राजन सुवेदी छैठांै, नविन तण्डुकार सातौ, सुदिप तामाङ आठौं, सुवीर लामा नवौं र राजेन्द्र बज्राचार्य दशौैं स्थानमा विजयी घोषित भए ।
त्यस्तैगरी गणेशराम दुवाल वेष्ट लोकल, सुरेश बजिको वेष्ट अनरेटेड, भगवतीप्रसाद शर्मा वेष्ट भेटेरान, निकेन कुसाथा वेष्ट जुनियर, स्नेहा यादव वेष्ट म्यान, खुमप्राद तिमिल्सिना वेष्ट एलो ९१५०० मुनि, सन्तोष गौतम वेष्ट एलो ९१८०० मुनि, विजय तमता राइजिङ प्लेयर घोषित भएका थिए । १६ जिल्लाबाट जम्मा ८६ जना खेलाडीहरू सहभागी भएको उक्त प्रतियोगितामा रु. ५०,००० रकमको नगद पुरस्कार प्रदान गरिएको थियो ।
Leave a Reply