कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
अरुणा उपे्रती
दुई वर्षअघि बस र माइक्रोबसबाट थुके वा फोहोर फ्यालेमा जरिवाना गर्न सरकारले निर्देशन जारी ग¥यो । तर, माइक्रोबसबाट प्लास्टिक फ्याल्ने र थुक्ने काम रोकिएको छैन ।
सरकारका अन्य नियम र कानुनजस्तै यो पनि पालना हुनेछैन । नियम बनाएर पालना गराउन नसक्ने सरकार र पिच्च पिच्च थुक्ने जनता उस्तै छन् ।
हाम्रा नेताले देशलाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउने भाषण दिंदै आएका थिए । उनीहरू त्यहाँ गएर के कसरी सफा गर्ने भन्ने सिकेर पनि आए । आजकाल उनीहरूले नेपाललाई सिङ्गापुरजस्तै बनाउने सपना छोडे । किनभने उनीहरूले बुझे फोहोर गर्ने हाम्रो बानी हट्न नसक्ने हो भने सिङ्गापुर बनाए पनि स्थिति पुरानै हुनेछ ।
पहिले मन्त्री अर्जुननरसिंह केसीले संसद बैठकमा मुखबाट कुनै पदार्थ हातमा थुकेर फ्यालेको दृश्य ‘भाइरल’ हुन पुग्यो । उनले त्यो दालचिनी भएको पनि बताए । यसले उनको निकै आलोचना भयो । तर आलोचना गर्नेहरूले यस्तो गर्ने अर्जुनमात्र होइनन् सबै नेपाली र नेताको साझा चरित्र हो भन्ने बिर्सिए ।
धेरै सांसदले जताततै थुक्ने, फोहोर फ्याल्ने काम सजिलै गर्छनन् । उनीहरूको भिडियो अर्जुनकै जसरी सार्वजनिक नभएर मात्र जोगिएका छन् । नेताहरू मञ्चमा बस्दा नाक कोट्याइरहेको देखिन्छ । जुम्रा परेकोले हो वा बानी परेर कपाल कन्याइरहेका देखिन्छन् । कुनै भोजमा खाना खाएपछि सिन्का लिएर ठूलो मुख बाएर दाँत कोट्याइरहेको दृश्य देख्नेलाई कम वाकवाकी लाग्दैन ।
मधेसका सरकारी अफिसका कुनाकुनामा पान खाएर पिच्चपिच्च थुक्नु स्वाभाविक हुन्छ । बरु कुनै अफिसमा यस्तो दृश्य देखिएन भने पो अचम्ममानु पर्ने हुन्छ ।
३० लाखको गाडी चढ्ने, ५० हजारको मोबाइल बोक्ने र ३० हजारको सुट लगाएर हिंड्ने एकजना सरकारी अधिकारी हिंडिरहेको गाडीबाट थुक्छन् ।
यिनै मानिस युरोप र अमेरिकामा जाँदा जथाभावी थुक्दैनन् । त्यसो गरे भने त उनीहरूलाई वरिपरिका मानिसले अपमान गर्छन् । त्यहाँको कानुनले पनि समात्छ । तर नेपालमा न त फोहोर फ्याक्नेलाई कसैले अपमान गर्छ, न गाडीबाट थुक्ने व्यक्तिले सडकमा अरु पनि छन् भन्ने विचार गर्छ ।
किनभने यस्ता सरकारी अधिकारी, चालक आदिलाई उनका मातापिताले सार्वजनिक ठाउँमा फोहर गर्न हुन्न भन्ने सिकाएनन् ।
जुन दिन माइक्रोबसमा थुक्ने यात्रु, फोहोर फ्याल्ने चालक र कुना देख्नासाथ पिसाब फेरिहाल्नेलाई जरिवाना भएर उसको फोटो पत्रिकामा छाप्न र रेडियो तथा टेलिभिजनमा तीनपुस्ते आउँला त्यही दिनमात्र यो प्रक्रिया रोकिएला ।
भिटामिन डी
सानो उमेरका शिशुलाई भिटामिन डीको कमी भयो भने उनीहरूको हड्डी कमजोर हँुदै जान्छ । हड्डी बाङ्गो भएर हिंड्नसमेत गा¥हो हुनसक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ ।
पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ । यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौं समस्या सिर्जना हुन्छन् । अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया ज्योति श्रेष्ठले मलाई भनेकी थिइन्–‘मैले दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें ।
ढाड र हाड दुखे पनि सहेर काम गरिरहें । डाक्टरलाई देखाउँदा उनले भिटामिन डीको कमीका कारण यस्तो भएको बताउँदै मलाई घाममा बस्न भनेका थिए तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने फुर्सद कहाँ हुनु ? अहिले मेरो ढाड, घुँडा सबै दुख्छन् । औषधि खान्छु तर पीडा कम हुँदैन । सम्भवतः काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए आज मलाई यति गा¥हो हुँदैनथ्यो । ज्योतिले पछि मलाई इमेल लेखेकी थिइन् –‘‘मेरो तौल १० किलो घटेको छ । त्यसले गर्दा अनुहारमा चाउरी परेको छ । अहिले त म घाममा बस्न पनि थालेकी छु । पीडा त अझै छ ।’’ ज्योतिको यो भनाइ उदाहरण बन्न सक्छ । यसले समयमै घाममा बस्नुपर्छ भनेर सिकाउँछ ।
नेपालमा वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोतलाई वास्ता नगरी, एकछिन घाममा बस्न फुर्सद नभएर जब महिलाहरू भिटामिन डीको कमीका कारण अनेकौं समस्याबाट ग्रसित हुन्छन् तब उनीहरूलाई भिटामिन डीको चक्की दिइन्छ अनि उनीहरू पनि खुसीसाथ पैसा तिरेर चक्की खान्छन् तर सित्तैमा प्राप्त हुने भिटामिन डी प्रयोग गर्दैनन् । सम्भवतः धेरै जनालाई यसको जानकारी पनि नहोला र स्वास्थ्यकर्मीले यो जानकारी पनि दिंदैनन् कि हाम्रो शरीरलाई आवश्यक ८० प्रतिशत भिटामिन डी सूर्यको किरणबाटै प्राप्त गर्न सकिन्छ ।
अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदै छन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं ।
घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन । भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन ।
भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ । जाडोमा कुनै खुला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्दमात्र दिंदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ ।
पत्रु नखानेको उत्तम रगत
केही साताअघि ४० वर्षदेखि र ६० नाघिसकेका महिलाको रगत जचायौं । जचाउनेमा धेरैजसो मासु नखाने महिला थिए । अरू पनि सातामा एकचोटिमात्रै खानेहरू थिए । शरीरमा रगत, क्याल्सियम र भिटामिन बी १२ कति छ भनेर पत्ता लगाउनु थियो ।
अचम्म भयो, माछा, मासु, अन्डा नखानेमा क्याल्सियम, भिटामिन बी १२ को मात्रा धेरै राम्रो थियो । हेमोग्लोबिनमा समस्या थिएन । जचाउने कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिनको झोल वा क्याप्सुल खाँदैनन् । स्वस्थकर खाना खान्छन् । पत्रु खाना र मिठाई प्रसादका रूपमा कहिलेकाहीं नगण्य खान्छन् । बरु दिनदिनै योगासन गर्छन् ।
नेपालमा ४० वर्षभन्दा माथि उमेरकाले क्याल्सियम, भिटामिन डीको चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगतमा स्थापित हुँदैछ तर स्वस्थकर खाना खाइयो भने त्यसले शरीरका सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को विचार पनि चिकित्सा जगतमा स्थापित छ । म चाहिं दोस्रो विचारको पक्षपाती हुँ र त्यसैअनुरूप जीवन चलाउन कोसिस गरिरहेकी छु । ‘स्वस्थकर भोजन गरियो भने औषधि चाहिंदैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि फाइदा हुँदैन’ भन्ने मैले सिकेको ज्ञान हो ।
कर्कलोको कथा
कर्कलोको नाम लिएपछि धेरैले ‘त्यस्तो पनि तरकारी हुन्छ र ? छ्याङ भनेर नाक खुम्च्याउँछन् । कर्कलोको पौष्टिक तत्वबारे थाहा पाए भने आहा भनेर खान थाल्छन् कि’ ऋषि पञ्चमीका दिन बिहान पूजा गरेपछि महिलाले कर्कलो र भात खाने चलन छ ।
कर्कलोको हरियो पात पकाउँदा अमिलो हालिएन भने कोक्याउँछ । फलामको भाँडामा पकाएको कर्कलो, अमिलो गोलभेंडा र भातसँग खाँदा शरीरमा लौह तत्व पर्याप्त प्राप्त हुन्छ । कर्कलोमा क्याल्सियम, भिटामिन ए, सी, केलगायत पाइन्छ । तीज र पञ्चमीको व्रतपछि शरीरलाई पोषण दिन भनेर कर्कलो भात खाने चलन चलेको हुनुपर्छ । ऋषि पञ्चमीमा जसरी कर्कलो खोजी–खोजी खाने हो भने रक्तअल्पताबाट बच्न मद्दत पुग्थ्यो ।
चीन, ब्राजिल, ताइवान, बङ्गलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात् पिंडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ ।
स्वस्थ व्यक्तिले रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले खानु बेस हुन्छ । बाहिरका बट्टारप्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिडालुको तरकारी प्रयोग गर्नु धेरै राम्रो हो ।
परम्परागत मौलिक खाना नै मीठो
बजारिया खानेकुराभन्दा परम्परागत, मौलिक खाना म धरै खाने गर्छु । जंकफुड त मेरो घरमा विरलै आउँछ । घरबाहिर खानेकुरा खानै परे पनि बजारीया खानेकुरा खाँदिन। मैले घरबाहिर धेरै खाने भनेको लेमन टी हो, जुन जहाँ पनि सजिलै पाउन सकिन्छ । प्रायः म बिहान साढे ५ बजेसम्ममा उठिसकेकी हुन्छु । उठ्नेबित्तिकै लेमन टी रआलस र भाङको एक चम्सा, पुदिना, तुलसीको पात, गुलाफको पात खान्छु । यसपछि योग गर्छु ।
बिहान दही –चिउरा खान्छु । यसका साथै थोरै भिजाएको चना तथा भिजाएको मेथी अनिवार्य खान्छु ।
दिउँसो घरबाहिर जाँदा बाहिरको खाजा कहिल्यै खाँदिन । कार्यक्रमहरूमा दिएको खाजाको प्याकेट त्यहीं छोड्छु । धेरै भोक लाग्यो भने दही – चिउरा पाइने ठाउँमा गएर दही–चिरा खान्छु । लामो समयसम्म घरबाहिर जानुपरे आफैंले खाने कुरा लिएर जान्छु । चिउरा, गहुँको रोटी, चना लिएर जान्छु र दही किनेर दहीसँग खान्छु । बाहिर जाँदा पनि म होटलमा सादा खाना, उसिनेको आलु, मोही खान्छु ।
म बेलुकीको खाना खाँदिन । तर लेमन टी, कागती पानीमा हालेर सातु खाने गर्छु । बिहान योग गर्न नमिलेको दिन बेलुकी गर्छु । ९ बजे सुतिसकेकी हुन्छु ।
Leave a Reply