नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ५ असोज । बासु माध्यमिक विद्यालयमा यसै वर्षदेखि सञ्चालन गरिएको बाली विज्ञान र कम्प्युटर इञ्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
सामुदायिक विद्यालयमध्ये काठमाडौं उपत्यकामा कृषि विषयमा बाली विज्ञानको पढाइ हुने बासु मावि पहिलो विद्यालय बनेको छ । शुक्रबारको अभिमुखीकरण कार्यक्रममा कृषि अध्ययनका लागि विभिन्न २६ जिल्लाबाट आएका ४० विद्यार्थी र कम्प्युटर इञ्जिनियरिङ अध्ययन गरिरहेका ४० विद्यार्थीलाई सहभागी पाहुनाहरूले अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले आजका विद्यार्थी नै भोलिका देशका मुख्य आधार भएकोले विद्यार्थी अनुशासित, इमानदार हुनुपर्नेमा जोड दिनुभयो । पढेपछि विदेश जाने, रोजगारीका लागि स्वदेश छाड्ने विषयले देशको हित नहुने भएकोले आफ्नै देशमा केही गर्छु भन्ने भावना विद्यार्थीसँग हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।
मेयर प्रजापतिले देशको उच्च ओहोदा र सरकारमा गएका दलका नेताहरुले देशको शिक्षाको विकासको लागि दीगो योजना ल्याउन नसक्दा देशमा शैक्षिक बेरोजगार बढिरहेको चर्चा गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखी शिक्षामा देशकै उदाहरणीय काम गरेको बताउनुभयो ।
कृषि विकासको लागि नयाँ पुस्ता अघि सर्नुको विकल्प नभएको भन्दै उहाँले कृषि र प्रविधिलाई एकअर्काको पुरक बनाउन नयाँ पुस्ताले नै भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
अभिमुखीकरणमा भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले कृषिमार्फत देशलाई समृद्धितर्फ लग्न सकिने सम्भावना रहेको बताउनुभयो ।
इञ्जिनियरिङ समाज नेपालका अध्यक्ष एवं ख्वप इञ्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोजूले विद्यार्थीले कृषि पढ्नुपर्ने आवश्यकताबारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईं, कृषि कार्यक्रममा इञ्चार्ज शिक्षक सविन ख्याजू र कम्प्युटर इञ्जिनियरिङका आयुष दुमरुले कृषि र कम्प्युटरको अध्ययनले हुने लाभ र पाइने अवसरबारेमा बोल्नुभएको थियो ।
यसैबीच शुक्रबार नै बासु माविमा आयोजित स्वास्थ्य शिविरमा २५० जना विद्यार्थीले स्वास्थ्य परीक्षण गरेका छन् । विद्यालयको प्राथमिक कक्षाका विद्यार्थीलाई लक्षित गरी आयोजित शिविरमा चिकित्सकहरू सुमिता चोलेख्व, सनिश कुसी, एभरेष्ट सुवाल र रेणु त्वानाबासुले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकास्थित जनस्वास्थ्य कार्यालयबाट प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरुले जानकारी दिनुभयो । स्वास्थ्य शिविरको उद्घाटनको क्रममा प्रअ अम्बिका न्याइच्याईं, सहायक प्रअ लक्ष्मीभक्त लासिवा, डा. समिता चोलेख्व र शिक्षक सूर्यलक्ष्मी बासुकलालगायतले विद्यार्थीको स्वास्थ्यबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply