भर्खरै :

‘मजदुर–किसान’ समाजवादी विचारको एउटा अर्को चिराग

सीतु
हरेक राजनीतिक दल निश्चित विचार तथा सिद्धान्तको आधारमा निर्धारित राजनीतिक लक्ष्य हासिल गर्नको निम्ति स्थापना गरिएको हुन्छ । साथै एउटा न एउटा वर्गीय धरातलमा उभिएको हुन्छ । प्रजातान्त्रिक समाजको ‘जीवन–रेखा’ को रूपमा समेत चिनिने राजनीतिक दल संवेदनशील समुदायको आँखामा विचारको निकेतन र चिन्तनको चौतारी हो । तिनको अभावमा मानव समाजको दु्रतत्तर प्रगति या आमूल परिवर्तन असम्भवप्रायः हुने इतिहासले बताउँछ । चेतनाको प्रवाह गर्दै जागरणको लहर ल्याउन र नयाँ समाज निर्माण गर्न राजनीतिक दलको विकल्प आजसम्म कसैले दिन सकेका छैनन् ।
आफ्ना प्रकाशन, मुखपत्र, पत्रपत्रिका, पुस्तक आदि र सभा, बैठक, प्रदर्शनी, सम्मेलनमार्पmत जनताको राजनीतिक चेतनास्तर उकास्न हरदम प्रयासरत रहनु हरेक राजनीतिक दलको कर्तव्य हो । यसकारण राजनीतिक दल भनेको भीड नभई सचेत र समर्पितहरूको फलामे अनुशासन सहितको विचारले लैस फौज भनिएको हो ।
नेपालको राजनीतिक दबुमा नेपाल मजदुर किसान पार्टीले सदा विचार र सिद्धान्तको राजनीति, नैतिकता र इमानको राजनीतिमा जोड दिँदै आइरहेको छ । सिद्धान्तहीन कार्यमा नेमकिपा विश्वास गर्दैन । विचार र विवेकलाई बन्धक राखी पद प्राप्तिलाई गन्तव्य बनाउने घातक राजनीतिक संस्कारविरुद्ध नेमकिपा दशकौंदेखि सङ्घर्षरत छ । नेमकिपा नेपाली राजनीतिक दबुमा राजनैतिक नैतिकताको धरोहर, वैचारिक राजनीतिको प्रकाशस्तम्भको रूपमा परिचित भइसकेको छ । समयले त्यो साबित गर्दै जानेछ । नेमकिपाका प्रकाशन, साहित्यिक–सांस्कृतिक गतिविधि, वैचारिक अडान, निष्कलकिंत छवि, पद–पैसाप्रति वितृष्णा आदि स्वयम् प्रमाण या आधार हुन् । नेमकिपाले गर्दै आइरहेको सही राजनीतिक संस्कृति निर्माणको सङ्घर्ष अतुलनीय छ । ध्वंसात्मक तथा अराजक गतिविधिलाई नै राजनीति ठान्नेहरू र ‘फकिर बन्न राजनीति नगर्नेहरू’ को निम्ति नेमकिपाका रचनात्मक शैलीका गतिविधि र ‘एउटा ऐतिहासिक युग लाग्ने’ राजनीति अनौठो विषय बन्नु अस्वाभाविक नहोला !
जनताको सांस्कृतिक स्तर उठाई समाजवादी प्रचार आन्दोलनलाई माथि उठाउन नेपाल मजदुर किसान पार्टीको केन्द्रीय मुखपत्र ‘मजदुर–किसान’ को नयाँ अङ्क असोजको पहिलो साता प्रकाशित भयो । आजभन्दा चालिस वर्ष अगाडि अर्थात् विसं २०३५ मा प्रकाशन आरम्भ गरिएको ‘मजदुर–किसान’ विभिन्न आकार–प्रकारमा विविध कालखण्डमा प्रकाशित भयो । जनमतसङ्ग्रह वरपर चार पृष्ठको ‘मजदुर–किसान’ केही अङ्क जनताबीच पु¥याइएको देखिन्छ भने २०४६ सालको जनआन्दोलनको सफलतापश्चात् अलि लामो समयसम्म साप्ताहिक पत्रिकाको रूपमा प्रकाशन भएको थियो । विसं २०६८ असारदेखि रङ्गीन कलेवरसहित द्वैमासिकको रूपमा पुनः प्रकाशन आरम्भ भयो र २०७२ वैशाखको भूकम्पभन्दा अगाडिसम्म यसले निरन्तरता पायो ।
नागबेली बाटो हुँदै ‘मजदुर–किसान’ पुनः प्रकाशित हुनु आपैmमा सुखद् पक्ष हो र यसले गति पाइरहने अपेक्षा पाठकमा हुनु अर्को सकारात्मक पाटो हो । धेरै लामो समय अन्तरालमा प्रकाशित भएपनि ‘मजदुर–किसान’ को २१ औं अङ्क नयाँ ओज र महत्वपूर्ण एवं समय–सान्दर्भिक विषयवस्तुका साथ प्रस्तुत भएको छ । यस अङ्कको सम्पादकीयले २०७२ को भूकम्पको स्मरण गरेको छ र कार्ल माक्र्सको दुई सयऔं जन्मदिवसमा माक्र्सका रचनाहरूको गम्भीर अध्ययन एवं प्रचारको निम्ति आह्वान गरेको छ । २०४५ सालको पञ्चायती षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना गर्दै नयाँ पुस्तालाई सजग बनाइनुपर्ने सन्देश सम्पादकीयले सम्प्रेशण गरेको छ । पाठकहरूले गम्भीर अभिरुचिका साथ अध्ययन गर्ने विश्वाससमेत सम्पादकीयमा व्यक्त गरिएको छ ।
नेमकिपाको सातौं महाधिवेशनको सन्दर्भमा अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) सँग लिइएको अन्तर्वार्ता विशेष महत्वका साथ पहिलो सामग्रीको रूपमा प्रस्तुत गरिएको छ । २०७० साल चैत्रमा सम्पन्न छैटौं महाधिवेशनपश्चात् नेमकिपाले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, स्थानीय तह र संसदीय निर्वाचनको परिणामबारे समीक्षात्मक टिप्पणी, संसदमा नेमकिपाले निर्वाह गरेको प्रतिपक्षीय भूमिका, वर्तमान सरकारको कार्यशैली, अन्तर्राष्ट्रिय परिस्थिति आदिबारे का.रोहितका महत्वपूर्ण अभिव्यक्ति अन्तर्वार्ताले उजागर गरेको छ । का.रोहित प्रस्ट भाषामा भन्नुहुन्छ– “…………. नेमकिपाले ‘नेकपा’ कम्युनिष्ट र मजदुर पार्टी होइन भन्ने कुरा उदाङ्ग्याउँदै जानेछ । ……… हिजो ‘प्रचण्ड’ पार्टीमात्रै ‘टो«जन घोडा’ थियो तर आज ‘नेकपा’ नै ‘टो«जन घोडा’ बन्दैछ ।” का.रोहित थप प्रस्ट पार्दै भन्नुहुन्छ– “नेकपा नेपाली काङ्ग्रेसजस्तै पुँजीवादी पार्टी हो । भारतीय एकाधिकार पुँजीलाई नेपाली काङ्ग्रेस बूढो घोडा भइसकेको हुँदा अगाडि बोक्न सक्दैन । यसकारण पहाड चढ्न भारतीय विस्तारवादले नेकपालाई युवा घोडा चढेर अगाडि बढ्छ ।” तीतो यथार्थ सरल भाषामा का.रोहित यसरी राख्नुहुन्छ – “गृहयुद्धको १० वर्षको खर्च अहिले भारतीय विस्तारवादले ब्याजसमेत असुल्दै छ ।”
‘मजदुर–किसान’ को यो अङ्क ‘अन्तर्वार्ता विशेष’ हो । अध्यक्ष रोहितसँग एक चिनियाँ अध्येताले लिएको विस्तृत अन्तर्वार्ता दोस्रो सामग्रीको रूपमा प्रस्तुत छ । नेमकिपाको सैद्धान्तिक आधार, अन्य राजनीतिक दलसँग नेमकिपाका वैचारिक मतभिन्नता, अन्तर्राष्ट्रिय परिस्थितिले नेपाली राजनीतिमा पारिरहेको प्रभाव, नेपाली समाज र नेपाली क्रान्तिसँग सम्बन्धित विविध सवालबारे का.रोहितका दृष्टिकोण तथा विश्लेषण बुभ्mन चाहनेहरूको निम्ति यो सामग्री गम्भीर अभिरुचिको विषय बन्ने निश्चित छ । नेपाली राजनीतिको शल्यक्रिया गरिएको छ यस संवादमा ।
एक प्रसङ्गमा का. रोहित भन्नुहुन्छ – “नेमकिपा संसदीय सङ्घर्षमा कम समय दिन्छ र संसदीय निर्वाचनमा सा¥है किफायती ढङ्गले खर्च चलाउँदै आएको छ ।” नेपाली क्रान्तिका समस्या तथा चुनौतिबारे पनि का.रोहितले महत्वपूर्ण विचार स्पष्ट भाषामा राख्नुभएको छ । उहाँ भन्नुहुन्छ – “भारतीय एकाधिकार पुँजी र विदेशी दलाल नेपाली जनताको मुख्य दुश्मन हो ।”
कार्ल माक्र्सको दुई शतवार्षिकीको सन्दर्भलाई पनि यो अङ्कले विशेष प्राथमिकता दिएको छ । का. रोहितको तेस्रो अन्तर्वार्तामा कार्ल माक्र्सको व्यक्तित्व, योगदान र महत्वपूर्ण रचनाबारे चर्चा गरिएको छ । माक्र्सबारे का. रोहित भन्नुहुन्छ – ‘‘कार्ल माक्र्सले एंगेल्ससँग मिलेर विचारको क्षेत्रमा र सङ्गठनको क्षेत्रमा संसारलाई उज्यालो दिने आश्चर्यजनक कार्यहरू गर्नुभयो । तर त्यसबेलाका निरङ्कुश र प्रजातन्त्रवादी भनिने सरकारहरूले उहाँलाई पक्राउ गरे तथा आ–आफ्नो देशबाट निष्काशन गरे । पुँजीवादीहरूको आँखामा उहाँ सबभन्दा घृणित र विरोध गरिएका व्यक्ति हुनुहुन्थ्यो । तर उहाँ वर्गशत्रुहरूको त्यो तुच्छ भावना र लाञ्छनाहरूलाई माकुराको जालो र धुलोजस्तै झार्नुहुन्थ्यो ।’’ माक्र्सबारे चर्चा गरिएका अन्य तीन–चारवटा सङ्क्षिप्त रचनाले थप जानकारी प्रस्तुत गर्दछन् ।
नेमकिपाका सचिव प्रेम सुवालको ‘सिद्धान्तहीन राजनीति र यसको परिणाम’ मा संसदभित्र नेमकिपाले देश र जनताको पक्षमा गर्दै आएको सङ्घर्ष तथा शासक दलका अदूरदर्शी सोच, अपरिपक्व व्यवहार र उदासिनताले गर्दा देशले भोगिरहेको क्षतिबारे छलफल गरिएको छ ।
यशराजद्वारा लिखित ‘नेमकिपाविरुद्ध पञ्चायती षड्यन्त्रको पृष्ठभूमि ः एक विश्लेषण’ मा नेमकिपामाथि चर्को दमन हुनुका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणबारे चर्चा गरिएको छ । देशी र विदेशी शक्तिको दबाब र षड्यन्त्रको परिणति नै ‘भक्तपुर काण्ड’ हो भन्ने निष्कर्ष यस लेखले प्रस्तुत गर्दछ ।
एसियाली देशहरूलाई सम्भावित तेस्रो विश्व युद्धबाट जोगिन आह्वान गरिएको छ क्रिश्चिनाद्वारा लिखित बिम्स्टेकसम्बन्धी लेखमा । सोभियत सङ्घलाई टुक्रा–टुक्रा पारिएभैmँ चीन र भारतलाई पनि टुत्र्mयाउन एसियालीसँग एसियालीलाई भिडाउने षड्यन्त्र भइरहेको गम्भीर पक्ष लेखिकाले उजागर गरेकी छन् ।
अर्थ दबुअन्तर्गतको ‘चीन ः विकसित या विकासशील देश ?’ यस अङ्कको महत्वपूर्ण एवं सान्दर्भिक रचनामध्ये एक हो । हौसलाद्वारा लिखित यो रचनामा बलियो राजनीतिक व्यवस्थाको जगमा उभिएर चीनले अर्थतन्त्रलाई गुणात्मक परिवर्तनतर्पm डो¥याइरहेको विविध उदाहरणका साथ चर्चा गरिएको छ । चीनको वर्तमान आर्थिक नीति तथा गतिविधि र विश्वमा त्यसले पार्ने प्रभावबारे लेखमा तर्क – वितर्क गरिएको छ ।
नेपाली राजनीतिक वृत्तमा ग्राम्स्कीबारेका गलत समझदारी चिर्न ‘ग्राम्स्की ः एकजना बोल्सेविक’ लेखले सहयोग पु¥याउनेछ । इतिहास बङ्ग्याउन खोज्नेको निम्ति यो एउटा गतिलो जवाफ हुनेमा विवाद नहोला ।
देशका विभिन्न कुनाकाप्चामा ‘भक्तपुर काण्ड’ को भत्र्सना गरिएका खबर, लेख–रचना, माक्र्स द्विशतवार्षिकीका खबर आदिले ‘मजदुर–किसान’ लाई थप सङ्ग्रहणीय बनाएको छ । विविध विषयमा चर्चा गर्दै लेखिएका सङ्क्षिप्त रचनाले थप स्वाद पस्केको अनुभूत हुन्छ र छरितो–पठन रुचाउनेहरूको निम्ति टेवा पुगेको छ भन्दा फरक नपर्ला । गाताको आकर्षण चुलिँदो छ । भक्तपुर काण्डको पक्षपातपूर्ण सर्जमिनका तस्बिरले पञ्चायती त्रूmरता र पञ्चेहरू सच्चाइ छोप्न कति निर्लज्ज तरिकाले प्रस्तुत भए भन्ने कुरा उदाङ्गो पारेको छ । यस्ता पुराना तस्बीर सङ्ग्रह गर्ने र प्रकाशनमा सहयोग पु¥याउने निश्चयपनि सराहनाका पात्र हुन् । सर्जमिन असोज १ गते भनी उल्लेख हुनुपर्ने अन्यथा हुन पुगेको छ, सच्याउन आवश्यक छ । इतिहासका घटना सम्झाउने तस्बिरको सङ्कलन र प्रकाशनमा अझ थप प्रयास आवश्यक छ । विगतमा प्रकाशित अङ्कहरूको तस्बिरले मग्मगाइरहेको र फक्रिरहेको वैचारिक पुष्पको झ–झल्को दिन्छ । ‘मजदुर–किसान’ का हरेक पक्षले मूल्य रु. ५० न्यूनतम हो भन्ने ठह¥याउँछ ।
ढिलो घर फर्केकोलाई हराएको भन्न मिल्दैन भनिएभैmँ ‘मजदुर–किसान’ अझ बढी विचारले व्यवस्थित एवं परिपक्व, साजसज्जाले सराहनीय भएर फर्केकोमा पाठकहरू निश्चयपनि हर्षले विभोर हुनेछन् । अब विश्राम नलिई समाजवादी विचारकोे चिराग भई चम्किने र रातो झण्डा भई फरफरिने विश्वास छ । त्यस कार्यमा निरन्तर सफलता मिलोस्, हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *