भर्खरै :

साहित्य सन्ध्यामा लघुकथाबारे परिचर्चा

काठमाडौँ, ७ फागुन । साहित्य सन्ध्याको आजको ३७०औँ शृङ्खलामा यसपटक ‘लघु कथा लेखनसम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी सम्पन्न भएको छ ।
लघुकथाका विज्ञ डा पुष्करराज भट्टले आकार, विषयवस्तुको उठान र समापनमा ध्यान दिनुपर्ने पक्ष बताउँदै छोटोमा धेरै कुरा साङ्केतिक वा बिम्बात्मक रूपमा व्यक्त गरिनुपर्ने जनाउनुभयो ।
गोष्ठीमा पूर्ण विराम, मुकुन्द न्यौपाने, डा षडानन्द पौडेल, डा विजय सुब्बा, वासुदेव अधिकारी, अम्बिका अधिकारी, प्रेमराज सिलवाल, रमेश गौतम ‘पाल्पाली’, मोहनमणि पोखरेल, अभ्यस्त यात्री, जयन्ती स्पन्दन, नवराज श्रेष्ठ, गङ्गा पौडेल कर्माचार्य, कणाद महर्षि, हरि भण्डारी, खेम दाहाल, गोपाल नेपाल, ललित बस्नेत ‘भिमाली’, डम्बर पहाडी, चूडा निर्भिक, भावना न्यौपाने, उत्सव, कृष्णदेव रिमाल, पाण्डवराज कार्की र राम विनयले लघु कथा र रचना वाचन गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *