बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– प्रकाश
बलात्कारपछि हत्या गरेर फालिएकी कञ्चनपुकी बालिका निर्मला पन्तको हत्यारा अझै पक्राउ गर्न सकेको छैन सरकारले । हत्या सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गरेर गृहमन्त्री रामबहादुर थापालाई बुझाइसकेको पनि छ । प्रतिवदेनले सम्भावित दोषीहरु किटान गरेको पनि बताइएको छ । तर, पनि गृहमन्त्री थापा भन्दैछन्–अनुसन्धान जारी छ । छिटो अपराधी पक्राउ पर्दैछन् । दोषीलाई पक्राउ गर्छांै । सुरक्षा निकायले तदारुकता देखाएको छ ।
यथार्थमा गृहमन्त्री थापाको अभिव्यक्ति औपचारिकताबाहेक अर्थाेक लाग्दैन । सुरक्षा निकाय तदारुक भएको भए अपराधी उहिल्यै पक्राउ पथ्र्याे । घटनापछि जिल्लाको सुरक्षा निकाय वा प्रहरीबाटै कमजोरी भएको गृहमन्त्री स्वयम्ले स्वीकारेका छन् । तत्कालीन प्रहरी नेतृत्व र सीआईबीको टोलीबाट कमजोरीमात्र होइन, घटनाको प्रमाणहरु मेट्ने, आशङ्कित व्यक्तिहरुलाई उन्मुक्ति दिने र नक्कली अभियुक्त खडा गर्नेजस्तो गम्भीर अपराध भएको थियो । त्यो अपराध कमजोरीबस् गरिएको थिएन बरु अपराधीलाई जोगाउने नियतले जानाजानी गरिएको थियो भने कुरा घामजत्तिकै छर्लङ्ग छ । फौजदारी अपराधका घटनामा पनि गृहमन्त्रालय छानबिन समिति वा आयोग बनाएर बस्ने, प्रतिवेदन तयार गराई बुझ्ने, अनि अनुसन्धान अगाडि बढाउने उल्टो प्रक्रियामा लाग्दा अपराधीले अपराधको प्रमाण नष्ट गर्ने, अपराधी पत्ता लाग्ने सङ्केतहरुसमेत मेट्ने अवसर पाएका छन् । त्यसैले गृहमन्त्रीज्यू अपराधी पक्राउ पर्ने हल्ला आवश्यक छैन बरु शिघ्र प्रमाणसहित अपराधी पक्रेर देखाऊ ।
Leave a Reply