बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– गोविन्दनाथ योगी
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पटक–पटक विना सूचना लाइन अवरुद्ध भइरहेको छ । जनताको आवश्यकताअनुसार विद्युत् सेवा विस्तार भइरहेको छैन । सुर्खेतको सोत खोला हुँदै ग्रामीण क्षेत्रतर्फ विस्तार गर्न लागिएका योजनाहरु र सुर्खेतका विभिन्न स्थानमा लामो सयमदेखि पोलहरु त्यसै छोडिएका छन् । निर्माण कार्य अघि बढाउनेतर्फ कुनै चासो राखेको देखिंदैन । वीरेन्द्रनगरको हाइवेमा चार लाइन सडक निर्माणको क्रममा विद्युत्का पोलहरु समयमा सार्ने काम नहुँदा निर्माण कार्यमा ढिलाइ भइरहेको छ । ढिलो गरी पोल सारेका स्थानहरुमा रोलरमार्फत पर्याप्त नपेलेको कारण पीच भएको महिना दिनमै बिग्रिएको छ । यसबारे स्थानीय जनताले नेपाल विद्युत् प्राधिकरण शाखा सुर्खेतका कार्यालय प्रमुख सुरज भण्डारीसँग ध्यानाकर्षण गरे ।
पटक–पटक लाइन आउने–जाने समस्या भइरहेको कार्यालय प्रमुखले पनि स्वीकारे । उक्त समस्या समाधान गर्न बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कोहलपुरदेखि सुर्खेतसम्मको जङ्गलको लामो दुरी पार गरी आउने हुँदा लाइनको क्षमता विस्तार गरी १३२ केभी प्रसारण लाइन जोड्न केन्द्र तहमा पटक पटक आग्रह गरे पनि सुनवाइ नभएको प्रमुख भण्डारीको जवाफ थियो । निर्माणाधीन कार्य ठेक्कापट्टा र अलपत्र पोलहरुबारे निर्माण व्यवसायीहरु नै ऐन–नियम बनाउने स्थलमा सांसदहरु भएको हुँदा सरकारसँग साठगाँठ हुनसक्ने उनको प्रस्टीकरण थियो । बाटो निर्माणमा हुन गएको पोलको समस्या सरकारी निकाय र नगरपालिकाहरुको लापरबाही या दीर्घकालीन सोचका साथ काम नभएकोले हुन गएको उनको तर्क छ । चार लाइन निर्माणस्थलको पोल सार्ने काम सम्बन्धित निकायहरुको भएकोले त्यसको लागि लाग्ने रकम प्राप्त भएपछि प्राधिकरणले सो काम गर्ने उनले बताए । उनका अनुसार प्राधिकरणमा पैसा जम्मा नभएकोले पोलहरु सार्न ढिलाइ भएको हो । यसको दायित्व सम्बन्धित निर्माण कम्पनीहरु र सरकारी संयन्त्रको हुने उनको जवाफ थियो ।
Leave a Reply