भर्खरै :

‘प्रलेस परिसम्बाद कार्यक्रम’ शृङ्खला – ३ सम्पन्न

काठमाण्डौ, ६ फागुन । प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा हरेक महिनाको पहिलो शुक्रवार आयोजना गरिने प्रलेस परिसम्वाद कार्यक्रमको तेस्रो शृंखला सम्पन्न भयो ।  ‘ नेपाली कवितामा आधुनिकता’  विषयमा यस  शृंखलाका प्रमुुख अतिथि वक्ता  समालोचक एवम् कवि डा. रामप्रसाद ज्ञवाली हुनुहुन्थ्यो । केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुष्करराज भट्टको सभापतित्वमा सम्पन्न  कार्यक्रमको संचालन सङ्घका महासचिव आर.एम.डंगोलले गर्नुभएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेलले पनि  आफ्ना केही  धारणाहरू  प्रस्तुत गर्नुभएको थियो ।
प्रमुुख  वक्ता  डा. ज्ञवालीले उक्त विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएपछि  छलफल कार्यक्रममा डा.विन्दु शर्मा, गौरी दाहाल, सी.बि. आचार्य, चेतनाथ धमला , साधुराम नेपाल लगायतले भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *