नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सुशिल मानव
पत्रकारमाथि हमलाको विरोधमा समिति र प्रेस क्लब अफ इण्डियाको संयुक्त आयोजना भारतको दिल्लीस्थित भारतीय संविधान क्लब भवनमा पत्रकारमाथि भइरहेको हमलाको विरोधमा दुईदिने राष्ट्रिय सम्मेलन सेप्टेम्बर २३ मा सम्पन्न भयो । दुवै दिन कार्यक्रम हल विभिन्न देश र भारतका विभिन्न प्रान्तबाट आएका साना तथा ठूला सञ्चारमाध्यमका पत्रकार तथा अधिकारीहरूले खचाखच भरिएको थियो ।
कार्यक्रमको पहिलो सत्र सम्मेलनको उद्घाटन समारोह थियो । उद्घाटन सत्रमा चर्चित अभिनेता प्रकाश राज, देशबन्धु पत्रिकाका प्रधान सम्पादक ललित सुरजन आदि वक्ता थिए । समकालीन तीसरी दुनियाँका सम्पादक आनन्दस्वरुप वर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पङ्कज श्रीवास्तवले गरेका थिए ।
कार्यक्रममा ललित सुरजनले पुँजीवादी बन्दोबस्तको विरोध गर्न मिडियाको स्वामित्वको विकेन्द्रीकरण गर्न कोसिस गर्नुपर्ने बताए । उनले त्यसो गर्दा मिडिया चलाउने पुँजीपति सम्पादक बन्न नसक्ने धारणा राखे ।
उनले पत्रकारहरू नै मिलेर कुनै सहकारी मिडिया संस्थान खोलेर मिडिया सञ्चालन गर्नु यस्तो कामको सुरुवात हुन सक्ने बताए । उनले मिडियालाई पुँजीवादी लगानीबाट मुक्त गर्ने अर्को बाटो भनेको पत्रकारहरूले थोरै थोरै सङ्ख्यामा धेरै पत्रिका प्रकाशन गरेर धेरै क्षेत्रमा विस्तार गर्न सकिने पनि विचार राखे । त्यसलाई उनले गुरिल्ला पत्रकारिताको नाम दिएका छन् ।
सुरजनले पत्रकारिता ग्ल्यामरको क्षेत्र नभई जोखिमको क्षेत्र भएकाले युवा पत्रकारहरू यो क्षेत्रमा सङ्लग्न भई स–साना प्रयासबाटै ठूलठूला सत्य उजागर गर्न सकिने धारणा राखे ।
कार्यक्रममा अर्का वक्ता अभिनेता तथा अभियन्ता प्रकाश राजले पत्रकार गौरी लङ्केश र उनको बुबाको उदाहरण प्रस्तुत गर्दै जनपक्षीय पत्रकारिता र ग्लामर पत्रकारिताबीचको भिन्नता स्पष्ट भएको बताए । ग्लामर पत्रकारिताले नागरिकलाई धोखा दिएका उनको भनाइ थियो । आफू कोही अभिनेताको रुपमा कार्यक्रममा सहभागी नभएको बरु एकजना नागरिकको हैसियतमा कार्यक्रममा सहभागी बनेको बताए । ‘कर्नाटक चुनावमा सहभागी बन्न जाँदा कोही पनि पत्रकारले मलाई कुनै पनि प्रश्न गरेका थिएनन् । तर एक जना व्यक्तिले भने एक पछि अर्को प्रश्नको वर्षा गरेका थिए । पछि थाहा भयो, उनी भारतीय जनता पार्टीका एक जना सांसदका ड्राइभर रहेछन् । मैले भनें–म यहाँ तपाईले चाहेको कुरा बोल्न आएको होइन, म यहाँ आफूले देखेको कुरा बोल्न आएको हुँ । तपाईले मेरो मुख बन्द गराउन सक्नुहुन्न ।’
तामिलनाडुको चुनावमा नरेन्द्र मोदीले त्यहाँका सारा मिडिया प्रमुखको बैठक बसालेका थिए । भोलिका अखबारमा त्यो बैठकको बारेमा कुनै पनि समाचार आएन । मानिसहरूले सोधे, ‘किन त्यस्तो भयो ?’ मिडियाहरूले जवाफमा भने, ‘प्रधानमन्त्रीले आफ्नो सरकारले कसरी काम गरिरहेको छ भनी सोध्न मात्र बैठक बोलाएका रहेछन् । त्यही भएर हामीले कुनै समाचार बनाएनौं ।’
उत्तराखण्ड सङ्घर्ष वाहिनीका नेता शमशेर सिंह विष्टको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रममा दुई मिनेट मौन धारण गरिएको थियो ।
पहिलो सत्रका सभापति आनन्दस्वरुप वर्माले सभापतिको मन्तव्य व्यक्त गर्दै भारतमा अहिले अपराधी सत्तामा रहेको बताए । ‘प्रशासन, नेता, प्रहरी, माफिया र पत्रकारका गिरोह सबै मिलेर एउटा नेक्सस बनाएका छन् । नवजवान पत्रकार साथीहरू, म अनुरोध गर्छु, सत्ताधारी र शासक नेताहरूसँग भित्री कुरा बाहिर ल्याउन मात्र सम्बन्ध बनाइराखौं, उनीहरूको दलाल बन्न उनीहरूसँग नमिलौं । सम्बन्ध बनाउने क्रममा आँखामा जण्डिस भए वास्तविकता हामीले देख्न छाड्नेछौं ।’
उनले संसारका कोही पनि तानाशाह पत्रकार र बुद्धिजीवीको सहयोगबिना प्रहरी र सेनाको भरमा मात्र टिक्न नसक्ने बताए । तानाशाहहरू एके ४७ हतियारबाट नभई किताब, अखबार र पत्रिकाबाट डराउने गरेको उनको भनाइ थियो ।
‘गौतम नौलखाको अपराध के थियो ? उनले सत्यलाई आवाज दिएका थिए । त्यही भएर उनलाई नजरबन्दमा राखिएको छ । यस्तै गरेर शासक वर्गले एउटा क्लाइमेक्स बनाउने गर्दछन् जहाँ कसैले पनि आफ्नो विरोधमा बोल्न सक्दैनन् ।’ उनले भने ।
‘सत्यको सामना गर्न ब्रेख्तले पाँच वाक्यको सुत्र दिएका थिए–सत्य बोल्ने साहस, सत्य चिन्ने साहस, सत्यलाई हतियारको रुपमा प्रयोग गर्ने, सत्य कसको हातमा सबभन्दा बढी शक्तिशाली हतियार बन्न सक्दछ, चिन र त्यही सत्य व्यापक समुदायसम्म फैलाउनु । जब जताततै झूठ र अंधकार मात्र छ भने सत्य बोल्नु नै क्रान्तिकारीको धर्म हो । त्यसैको लागि हामी कृतसंकल्पित हुनुपर्दछ ।’ वर्माले भने ।
सम्मेलनको दोस्रो सत्र पत्रकारहरूको हत्याको विषयमा आधारित थियो । उक्त सेसनमा बोल्ने वक्ताहरू भारतमा हत्या गरिएका पत्रकारहरूका सहयोगी, साथी वा नजिकको व्यक्ति थिए । पत्रकार राजदेवकी श्रीमती आशा रञ्जन, पत्रकार देवेन्द्र पटनाकी आमा, पत्रकार सन्दिप शर्माकी श्रीमती र परिवारका अरु सदस्यले उक्त सेसनमा भावुकता भरिदिएका थिए । पत्रकार अभिषेक श्रीवास्तवले उनीहरूका कथा व्यथा सुनाए । पत्रकार नविन गुप्ताका भाई नितिन गुप्ता र उनकी आमाले आफ्नो मनको व्यथा पोखे ।
उनीहरू सबैका कथाले एकजना पत्रकारको हत्या हुनुले परिवारले चुकाउनुपर्ने मूल्यबारे प्रष्ट बनाएको थियो । पत्रकार सन्दिप शर्माको परिवार आफ्नो घर छोडेर डेरामा बस्न जान बाध्य भए ।
सोही सेसनमा पत्रकारहरूमाथि भएका हमलाका केस स्टडी गरी विभिन्न पत्रकार वक्ताले बोले । शिलाङ्ग टाइम्सका पत्रकार पैट्रिसियाले भारतमा कसरी खानी सञ्चालकहरू पत्रकारहरूको ज्यानको पछाडि लागेका थिए भन्ने कुरा व्याख्या गरेका थिए । गल्फ न्युज र आकाशवाणी कास्मिरका पत्रकार जलीलले आजको भारतमा पत्रकार हुनु निकै चुनौतीपूर्ण बन्दै गएको बताएका थिए । हिजबुल मुजाहिद्दीनका प्रमुखको अन्तर्वार्तापछि उनी आफूलाई आतङ्कवादी घोषणा गरी दुःख दिइयो भन्ने विषयमा आफ्नो अनुभव सुनाए । उनले कास्मिरमा पत्रकार बन्नु भारतका अरु प्रान्तमा पत्रकार बन्नुभन्दा निकै चुनौतीपूर्ण भएको बताए । सरकार र आतङ्कवादी समूहको बीचमा पत्रकार भएर बाँच्न निकै खतरनाक भएको उनको भनाइ थियो ।
वरिष्ठ पत्रकार सन्तोष गुप्ताले अमर उजाला र दैनिक जागरणजस्ता मिडियाको आलोचना गर्दै ती मिडियामा रिर्पोटिङ गर्ने पत्रकारको हत्या हुँदासमेत तिनकाबारे आफ्नो मिडियामा समाचारसमेत नराखेको बताए । ती पत्रकारका परिवारजनको अवस्थाबारे कुनै खबरमात्र पनि नलिएको उनले बताए । आफ्नै पत्रिकामा ती मिडियाले आफ्नो संवाददातालाई समाजवादी र धार्मिक व्यक्तित्व भनी श्रद्धाञ्जली छापेको उनले जानकारी दिए ।
चर्चित पत्रकार रवीश कुमारले कार्यक्रममा भने, ‘मानिसहरू सोध्छन्, मोदीले देशलाई के दिए ? म भन्छु, मोदीले देशमा आमा र बहिनीलाई गाली गर्ने संस्कृति दिएका छन् । बेरोजगार युवालाई भीडमा मान्छे मार्ने हत्यारा बनाइदिए ।’
् स्वतन्त्र पत्रकार नेहा दिक्षितले आरएसएसको आलोचना गर्दै आफूले अभियान थालेयता आफूले कुनै न कुनै बेला विभिन्न प्रकारका अदालती र सामाजिक सञ्जालमा समस्या भोग्नुपरेको सुनाइन् । उनले आउटलुक पत्रिकामा आफ्नो सोसम्बन्धी लेख प्रकाशित भएको तर अदालतबाट आउटलुकविरुद्ध सूचना जारी भएपछि आउटलूकले आफ्नो फोन उठाउनै बन्द गरेको बताइन् । पत्रकार निखिल वागलेले भारतमा मोदी प्रधानमन्त्री बनेपछि मात्र भाजपाको विरुद्ध लेख्न बन्द गरिएको नभई मोदीले प्रधानमन्त्री पदको लागि उम्मेदवारी दिएलगत्तै मिडियाले उनको विरोधमा लेख्न बन्द गरेको बताए ।
स्रोतः जनज्वार, नेपाली अनुवाद– सुमन
Leave a Reply