‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
हरिसुन्दर सुवाल
आउँदो सोमबार अक्टोबर १ मा चीन जनवादी गणतन्त्र घोषणा भएको ६९ औं वर्ष पुग्दैछ । चीनको नयाँ जनवाद समाजवाद स्थापनाको आन्दोलनको रुपमा अगाडि बढिरहेको छ । १९४९ अक्टोबर १ तारिखमा गणतन्त्र घोषणा हुनुपुर्व १३ वटा साम्राज्यवादी देशहरूले चीन र चिनियाँ जनतामाथि थिचोमिचो गरेका थिए । सन् १९७८ मा खुलापन र सुधारको नीति अवलम्बन गरी जनवादी गणतन्त्र चीनले अर्थतन्त्रमा ठूलो विकास ग¥यो । चीनले सबै विकासोन्मुख देशहरूलाई अरूको भर नपरी आफ्नै खुट्टामा उभिएर देश विकास गर्नुपर्ने शिक्षा दिएको छ । केही समय अगाडि सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १७ औं महाधिवेशनले चिनियाँ जनताको उच्च नैतिक र सांस्कृतिक स्तर उकास्ने नीति तय गरेको थियो । साथै चीन–अमेरिकाबीचको व्यापार सन्धिलाई घाँटीमा चक्कु राखेर स्वीकार नगर्ने प्रस्ताव अघि सारिएको थियो । चीनमा लागू भएको खुलापन र सुधारको नीतिले विश्वलाई नै परिवर्तन गरेको छ । जनवादी गणतन्त्र घोषणा भएको ४० वर्षको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीमा आत्मनिर्भरता र अनुशासनमा विकास भएको तथ्य यसको कूल गार्हस्थ उत्पादन (जीडीपी) ९.५ प्रतिशत रहेकोबाट स्पष्ट हुन्छ । चीनको आजको अर्थतन्त्र संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । संसारको सबभन्दा ठूलो व्यापारिक देश, विदेशी मुद्रा आर्जन गर्ने सबभन्दा ठूलो देश चीन भइसकेको अध्ययनले देखाउँछ । हाल चीनको ७० करोड जनसङ्ख्या अर्थात् विश्व जनसङ्ख्याको ७० प्रतिशत गरिबीको रेखामुनिबाट उठिसकेका छन् । चीन बन्द, अर्ध बन्द हुँदै खुला देशको रुपमा उदाइरहेको छ । यसले विश्व अर्थतन्त्रको विकासमा ३० प्रतिशत योगदान दिइरहेको छ । चीन विश्व व्यापार स·ठनको सदस्य भइसकेपछि विश्वव्यापारीकरणलाई सहजरुपमा आपसी हितमा लक्षित कार्यक्रम अगाडि बढाउँदै आइरहेको छ । चीनले हालै ल्याएको ‘एक क्षेत्र एक मार्ग नीति’ यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
चीन र चिनियाँ जनताको सपना विश्वभरिका जनताको सपनाको रुपमा बुझ्नु आवश्यक छ । किनकि चीनले विश्व अर्थतन्त्रमा लगातार सकारात्मक प्रभाव छोड्दै आएको छ र यसले सबै राष्ट्रको निम्ति खुला मञ्चको रुपमा आफूलाई स्थापित गरेको देखिन्छ । चीन बजार अर्थतन्त्रको नियमअनुसार अगाडि बढिरहेको छ । विभिन्न देशहरूबीच व्यापार सम्बन्ध कायम राख्न, आधारभूत भौतिक निर्माणमा आपसी सम्बन्ध बलियो बनाउन, सन्तुलित एवं न्यायपूर्ण ढ·बाट अगाडि बढाउने प्रयासका रुपमा ‘एक क्षेत्र एक मार्ग’ लाई अगाडि बढाएको छ जसले मान्छेको भाग्य मानिस आपसमा मिलेर निर्माण गर्ने निश्चित छ । संसारका ६५ वटा देशहरूलाई सँगै विकासको बाटोमा डो¥याउने योजनासहित चीन अगाडि बढिरहेको छ । तर साम्राज्यवादी देशहरू चीनको खुलापन र न्यायपूर्ण विश्व व्यवस्थाको विरोधमा गलत प्रचार गरिरहेका छन् । त्यसकारण विकासोन्मुख देशहरू आर्थिकरुपमा माथि उठाउन ‘एक क्षेत्र एक मार्ग’ ले विशेष महत्व बोकेको छ । चिकपाको १७ औं महाधिवेशनले चीनको इतिहासमा समाजवाद नयाँ चरणमा पुगेकोे मूल्याड्ढन गरेको छ । सन् २०२० सम्ममा चीनले मध्यमस्तरको विकसित समाज निर्माण गर्ने निर्णय पारित गरेको छ । २०३५ सम्ममा चीनलाई एक विकसित समाजवादी देशको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । त्यस्तै सन् २०५० सम्ममा शक्तिशाली आधुनिक समाजवादी देशको रुपमा विकास गर्ने लक्ष्य तय भएको छ । चीन आधुनिकीकरणको बाटोमा पुग्न लामो समय लाग्ने छैन । चीन प्रतिव्यक्ति आयको हिसाबले विश्वको ७१ औं स्थानमा रहेको छ भने वार्षिक १ करोड ५० लाख जनतालाई रोजगारी दिनुपर्ने आवश्यकता तड्कारो छ ।
चीनको पश्चिमी क्षेत्रमा यातायात र जलविद्युत्मा पछि परेको हुनाले संरचनामा केही परिवर्तन आवश्यक रहेको पर्यवेक्षकहरू बताउँछन् । सहर र गाउँको भेद हटाउन अझै धेरै मेहनत गर्नुपर्ने हुँदा चीनको मुख्य ध्यान आन्तरिक विकासमा केन्द्रित रहेको स्थितिका साथै चिनियाँ विकासले संसारमा पर्ने प्रभावबारे गहन छलफल भइरहेको बुझ्नुपर्दछ ।
चीन–अमेरिका व्यापार युद्ध सम्बन्धमा धेरैको चासो बढेको स्थितिमा चीनले गत २४ तारिखमा चीन अमेरिका व्यापार विषयमा श्वेतपत्र जारी गरेको छ । जसले व्यापारिक युद्धको वास्तविकता उजागर हुनुका साथै स्पष्ट नीतिगत उद्देश्यबारे बताउँछ । वास्तवमा चीन–अमेरिकाको व्यापारमा चिनियाँ सामानको निर्यातले अमेरिकालाई बढी नाफा भइरहेको तर अमेरिकी व्यापारिक प्रभुत्व र सुरक्षाले विश्व व्यापारमा नकारात्मक असर पु¥याउने हुनाले चीनको मेहनत र प्रयासले चीन अमेरिकाबीचको व्यापारको अवरोध पार गरिरहेको छ । अमेरिकाले चीनियाँ मालसामानको भन्सार वृद्धि गरेको र व्यापारिक सुरक्षा वृद्धि गरिरहेको भए पनि चीनले न्यायपूर्ण विश्व व्यापारलाई सन्तुलितरुपमा अगाडि बढाउन वार्तामार्फत अमेरिकासित विगतमा भएको व्यापारिक सन्धि सम्झौतामा गरिएको फेरबदलका कारण सिर्जित समस्या समाधान गर्ने अडान चीनले लिएको छ ।
अमेरिकाले अन्यायपूर्ण ढ·ले चीनको विश्वव्यापार नीतिबारे गलत प्रचार गर्नु दुवैको हितमा छैन । साम्राज्यवादी अमेरिकाले स–साना देशहरूप्रति देखाउँदै आइरहेको निकृष्ट व्यवहारले गर्दा धेरै देशहरूले चिनियाँ अर्थतन्त्र र व्यापारिक नीतिप्रति थप आकर्षित रहेको हुनाले १८४० को अफिम युद्धमा पश्चिमेली देशहरूले चीन र चिनियाँ जनतामाथि गरेको थिचोमिचो अहिले पनि कायम राख्ने अमेरिकी सोच कुनै पनि हालतमा सफल हुनेछैन । चीन सामूहिक वा दुई पक्षीय हितको सिद्धान्तको आधारमा अगाडि बढिरहेको वास्तविकता कसैबाट लुकेको छैन ।
अर्थतन्त्रको विविध क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्दैआइरहेको छ । पछिल्लो एक अध्ययनले चीन अमेरिकाबीचको व्यापार घाटा ७०० मिलियन डलर रहेको देखाए पनि नाफा ५० विलियनको स्थिति छ । व्यापार घाटामा विभिन्न कारक तत्वहरू रहेका छन् । जसमा अमेरिकी कम्पनीहरू उच्चस्तरको रहे भने चिनियाँ कम्पनीहरू मध्यम र तल्लो स्तरको हुनु, अमेरिकी कम्पनीले डिजाइन, बिक्री वितरणमा नाफा कमाएको र चीनले श्रमको मूल्यमात्र उठाइरहेको छ । व्यापारको प्रतिस्पर्धा भनेको उत्पादनको प्रतिस्पर्धा पनि हो । चीनको निर्यात बढी छ । गाडी, जहाज, हवाइजहाजको व्यापारको सम्बन्धमा अमेरिकालाई घाटा छ जसको प्रमुख कारण अमेरिकाले धेरै चीनमा जान नदिने सीमितता नै हो । यसले स्पष्टतया ३ क्षेत्रमा नकारात्मक असर पु¥याएको पाइन्छ । पहिलो उत्पादन वितरणको चक्र, दोश्रो अन्तर्राष्ट्रिय व्यापार नियममाथि प्रहार र तेस्रो विश्व अर्थतन्त्रमा पँुजीको बहाव रोकेको अवस्था । जसबाट केही निश्चित क्षेत्रहरू वा उद्योगहरूमा ठूलो खतरापूर्ण स्थिति उत्पन्न भएको छ । तर उक्त स्थितिको नियन्त्रण यसकारण सम्भव देखिन्छ । चिनियाँ अर्थतन्त्र एकपक्षीय होइन, प्रतिस्पर्धामा वृद्धि हुनु २०१७ मा चीनको अर्थतन्त्र १२ सय अर्ब पुगेको र । निर्यातको अवस्था २२ सय अर्ब रहेको तथ्यबाट पुष्टि हुन्छ । चीनको निर्यात ११ प्रतिशत रहेको छ, जुन विगतमा भन्दा राम्रो धारमा बगिरहेको छ । यसरी चीनको आर्थिक विकासले ससाना विकासोन्मुख देशहरूले पनि धेरै कुरा सिकेर लागू गर्नसके अर्थतन्त्र र ब्यापारिक क्षेत्र माथि उठाउन सक्ने निश्चित छ ।
(असोज २७ गते नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा ६९ औं जनवादी गणतन्त्र चीन स्थापना दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा वक्ताहरूद्वारा व्यक्त विचारमा आधारित)
Leave a Reply