नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
अमित
इतिहासको लामो आरोह–अवरोह छिचोल्दै सन् १९४९ अक्टोबर १ का दिन चीनको राजधानी पेचिङको मध्यभागमा अवस्थित तियानआन मेन चोकमा आयोजित भव्य जनसभाबीच चिनियाँ क्रान्तिका नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले चीनलाई जनवादी गणतन्त्र घोषणा गर्नुभयो ।
जनवादी गणतन्त्र घोषणा गर्दै माओ त्सेतुङले भन्नुभयो, ‘‘अब चीनमा मानिसले मानिसमाथि गरिने शोषणको अन्त्य हुनेछ ।’’ उनको सो घोषणासँगै चीनको इतिहासमा नयाँ युगको शिलान्यास भयो । सन् १८४० को अफिम युद्धदेखि लगातार विदेशी परनिर्भरता भोग्दै आएको चीनले सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्ति पायो । तर चीनका क्रान्तिकारी जनताको लक्ष्य उपनिवेशवादबाट मुक्तिमा सीमित थिएन । शोषणबाट मुक्त, समानता र न्यायमा आधारित नयाँ चीनको स्थापना नै उनीहरूको लक्ष्य थियो । त्यसको बाधक बनेका थिए– च्याङकाई शेक नेतृत्वको प्रतिक्रियावादी सत्ता ।
च्याङकाई शेक नेतृत्वको प्रतिक्रियावादी सत्ताले चीनमा विदेशीलाई धपाएर आफ्नो शोषणमूलक शासन व्यवस्थालाई निरन्तरता दिन चाहेको थियो । त्यत्तिमात्र नभई न्यायपूर्ण समाज स्थापना गर्ने लक्ष्यबाट अभिप्रेरित चिनियाँ कम्युनिष्टहरूलाई समेत दबाउने योजना बुन्यो । त्यस्तो प्रपञ्चविरुद्ध माओ त्सेतुङ नेतृत्वको कम्युनिष्ट पार्टीले लड्ने निधो ग¥यो । अन्ततः सन् १९४९ मा च्याङकाई शेक पराजित भए । उनी भागेर ताइवान पुगे । कम्युनिष्ट पार्टीको नेतृत्वमा अरु पनि राजनीतिक पार्टीसहितको संयुक्त सरकारले पेचिङ सरकार अघि बढायो । त्यसयता ह्वाङ हो रिभरमा धेरै पानी बगिसकेको छ । इतिहास कहिल्यै पनि सरल रेखामा अघि बढ्ने गर्दैन । चीनको इतिहास पनि सरल कहिल्यै थिएन । एसियाको बिरामी देशबाट चीन आज संसारकै गतिमान आर्थिक, राजनीतिक, सांस्कृतिक शक्तिको रुपमा उदाइसकेको छ । तर यहाँसम्मको बाटो सजिलो पक्कै पनि थिएन । यसबीच चीनले धेरै नागबेली बाटो सामना गर्नुप¥यो । युगौंदेखि दासता भोग्नुको पीडा थाहा पाएका चिनियाँ जनताले एउटा न्यायपूर्ण समाज स्थापनाको आजु भने कदापि बदलिएन । उपनिवेशवाद, युद्धसरदारवादबाट थिलथिलो चीन र चिनियाँ जनता आज संसारभर नयाँ सभ्यताको बाटो खन्न अग्रसर छन् ।
एकध्रुवीय विश्व बन्दोबस्तलाई चुनौती दिंदै आज चीनले साझा भाग्य र भविष्यमा आधारित विकासको इन्जिन हाँकिरहेको छ । चीनमा नयाँ जनवादी बन्दोबस्तको स्थापनाले संसारका न्यायप्रेमी जनताको निम्ति उत्साह सञ्चार ग¥यो । शोषण र युद्धमा आधारित साम्राज्यवादले अघि सारेको विश्व बन्दोबस्तको विकल्पको रुपमा आज चीनको जनवादी बन्दोबस्त स्थापित छ ।
इतिहास कहिल्यै पनि यथास्थितिमा बस्न मान्दैन । समय आफैंमा गतिशील प्रक्रिया हो । चीनको नयाँ जनवाद पनि जड बन्दोबस्त होइन । यसमा पनि लगातार विकास भइरहेको छ । चीनको नयाँ जनवाद आफैं समाजवादी आन्दोलनको सिलसिला हो । चिनियाँ विशेषतासहितको समाजवादी बन्दोबस्त आफैंमा शोषणरहित, वर्गरहित राज्य व्यवस्था निर्माणको सिलसिला हो । चीन आज आफ्नो चार किल्लामा मात्र सीमित छैन । आज चीनले हासिल गरेका उपलब्धिबाट संसारभरका देश प्रभावित बनेको छ । यी सबै उपलब्धिको जग भने नयाँ जनवादी चीनको स्थापना नै हो । चीनले नयाँ जनवादको बाटो अँगीकार नगरेको भए आजको चीनले यो उचाइ हासिल गर्न सम्भव हुने थिएन । संसारकै नेतृत्व गर्नसक्ने क्षमता चीनले विकास गर्न सम्भव थिएन ।
चीनले इतिहास भुलेको छैन । आजको मीठो स्वादले हिजोको अमिलो र टरो इतिहास भुलाएका छैनन्–चिनियाँ जनताले । बाँस जतिसुकै अग्लो भए पनि त्यो सधैं जरातर्फ झुकिरहेझैं आजको चीन हिजोको गौरवपूर्ण इतिहासप्रति सम्मान गर्ने गर्दछ ।
Leave a Reply