नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १७ असोज । विश्व प्रसिद्ध ङातापोल (पाँचतले) मन्दिरका छानामा उमे्रको घाँस बुधबार सफा गरियो । भक्तपुर नगरपालिकाले ऐतिहासिक मन्दिरमा उमे्रेको घाँस उखेल्न लगाएको हो । भक्तपुर गोल्मढी निवासी ३१ वर्षीय तुल्सीराम ढुकुछु, सोही स्थानका वर्ष २३ का राजन त्वायना र कैलाली लम्कीनिवासी भरत विकले छानामा उम्रेको घाँस उखेलेका थिए । उनीहरूले मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म मन्दिरको सबभन्दा तल्लो तल्ला बाहेक सबै तल्लामा घाँस उखेलेका थिए । बाँकी रहेको तल्लो तल्लाको काम बिहीबार गर्ने बताएका छन् ।
तुल्सीराम ढुकुछुले विगत ७ वर्षदेखि लगातार भक्तपुरका अधिकांश मन्दिरका छानामा घाँस उखेल्ने र झलर राख्ने काम गर्दै आएका छन् । त्यसअघि उनका पिता तुल्सीभक्त ढुकुछुले यो काम गर्दै आएका थिए ।
तुल्सीरामले टौमढी र दरबार क्षेत्रका अधिकांश मन्दिर र पाटीपौवासंगै भक्तपुर नपा वडा नं ५ र ९ का सम्पूर्ण मन्दिर र पाटीपौवाका छाना सफा गर्ने र झलर राख्ने जिम्मा पाएका छन् ।
Leave a Reply