बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
मङ्गलबार अधिकांश अनलाइन पोर्टलहरुमा काठमाडौं क्षेत्र नं. ७ का निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामाको समाचार छायो । त्यसो त मानन्धरले कुनै गैरकानुनी वा अनैतिक काम गरेर बाध्यताले राजीनामा दिएका होइनन् । उनको पार्टी सत्तारुढ नेकपाको हाइकमाण्डको निर्देशनअनुसार उक्त सीटमा सो पार्टीका नेता वामदेव गौतमलाई उम्मेदवार बनाई जिताउन राजीनामा गराएको हो । वामदेव गौतम २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट पराजित उम्मेदवार हुन् । गौतमलाई सांसद बनाउन लागेकोमा सामाजिक सञ्जालहरुमा विभिन्न प्रकारले आलोचना, विरोध र व्यङ्ग्य ओइरिएको छ । सत्तारुढ नेकपाभित्रै पनि आलोचना सुरु भएको बताइन्छ । आखिर वामदेव गौतम सांसद नभई नहुने कारण खोज्दा गौतमको सत्तालिप्सा र नेकपाका अध्यक्षद्वय वचनमा हार्नुबाहेक अर्थोक देखिंदैन । वामदेव गौतम विगतमा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री र अरु पनि मन्त्री बनिसकेका नेता हुन् । उनको कार्यशैलीले देश र जनताको पक्षमा उल्लेख्य प्रगति भएको अभिलेख पनि छैन । बरु उनको लाहुरे स्वभाव र व्यवहारले कैयौंपटक मन्त्रीपदकै गरिमा घटेको थियो । सत्तारुढ नेकपाको हरेक बैठकमा वामदेवको किचकिचाहटबाट नेताहरु आजित बनेका थिए । पार्टीको प्रत्येक बैठकको अन्त्यतिर ‘एकछिन एकछिन’ भन्दै वामदेवले आफू चुनाव लड्ने प्रसङ्ग निकाल्थे । कहिले डोल्पा कहिले दैलेख त कहिले बाँकेबाट चुनाव लड्छु, सीट खाली गराउनुप¥यो भनी उनले दिक्क बनाइसकेका थिए ।
कसैको दबाब, निर्देशन वा प्रलोभनमा होस् सोझा रामवीर मानन्धरले राजीनामा दिएका छन् । विगतमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट निर्वाचन हारेका एमाले वरिष्ठ नेता माधव नेपाललाई संविधानसभामा पु¥याउन समाुनपातिक सभासद् सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएको थियो । संविधान निर्माणको लागि भनी संविधानसभामा गएका माधव नेपाल पछि प्रधानमन्त्री बने । वामदेवको धोको पनि त्यस्तै भएको बताइन्छ । तर, सत्तालोलुप नेतालाई काठमाडौं क्षेत्र नं. ७ का मतदाताले बुइँ चढाउलान् कि अस्वीकार गर्लान् त्यो त आगामी दिनमा हेर्नैपर्छ ।
Leave a Reply