भर्खरै :

इक्वेडरमा राष्ट्रपति चुनावः विदा हुँदै कोरेया

इक्वेडरमा आइतबार राष्ट्रपति निर्वाचन भएको छ । निर्वाचनमा सत्तासीन प्रगतिशील पीएआर्ईएस मोर्चाका उम्मेद्वार लेनिन मोरेनो र विपक्षी अनुदारवादी दल अवसर रचना पार्टीका ग्युलेरमो लास्सोबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
राष्ट्रपति पदको लागि ८ जना व्यक्तिहरुले उम्मेद्वारी दिएका छन् ।

लेनिन मोरेनो


प्रतिस्पर्धी कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा अर्को चुनाव आगामी अप्रिल महिनाको लागि तय भएको छ ।
यो निर्वाचनपश्चात १० वर्षको सरकार सञ्चालनबाट राष्ट्रपति राफेल कोरेयाले विदा लिनेछन् । राफेल आफ्ना समाजवादी कार्यक्रमका लागि लोकप्रिय छन् ।
इक्वेडरको निर्वाचन कार्यालयका अनुसार राष्ट्रपति निर्वाचनमा जनसहभागिता उत्साहप्रद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *