भर्खरै :

कलाकार रामशेखर नकर्मी अस्वस्थ्य

लोकप्रिय कलाकार एवं साहित्यकार रामशेखर नकर्मी नाकको क्यान्सरबाट पीडित हुनुभएको छ । एक सातादेखि उहाँ भक्तपुर क्यान्सर अस्पतालमा भर्ना हुनुभएको छ । उहाँले बाँया आँखा खोल्न सक्नुभएको छैन ।
२०७२ बैशाख १२ गते गएको भूकम्पपश्चात उहाँ झण्डै साढे एक वर्ष भक्तपुरस्थित सिद्धि शालिग्राम वृद्धाश्रममा बस्नुभएको थियो । ‘वृद्धाश्रमबाट घरमा बस्नुभयो । त्यही क्रममा म घर जाँदा आँखा नदेख्ने भएको भन्नुहुन्थ्यो । चेकअपको कुरा गर्दा बुढ्यौली लागेको भन्नुहुन्थ्यो । अहिले क्यान्सर लागेको पत्ता लाग्यो ।’, नकर्मीका विद्यार्थी तथा नेपाल भाषा साहित्य तँःमुज्याका सदस्य कलाकार राजेन्द्र श्रेष्ठले भन्नुभयो ।
कलाकार नकर्मीको स्वास्थ्योपचारको लागि आर्थिक समस्या भएको परिवारस्रोतले बताएको छ ।
सोमबार बिहान नेपाल भाषा साहित्य तँःमुज्याको एक प्रतिनिधिमण्डल भक्तपुर क्यान्सर अस्पताल पुगेर वरिष्ठ हाँस्यकलाकार नकर्मीको सुस्वास्थ्यको कामना गरेको छ । तँःमुज्याका अध्यक्ष चन्द्रबहादुर उलकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले रु १ लाख एक हजार बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ । उहाँको सुस्वास्थ्यको कामना गर्न तँःमुज्याका पूर्व अध्यक्ष कान्छा बासुकला, सचिव सुरेन्द्रराज गोसाई, सदस्य राजेन्द्र श्रेष्ठ अस्पताल पुग्नुभएको थियो ।
कलाकार नकर्मीलाई लामो समयदेखि दमको पनि समस्या छ ।
उहाँका सिमा त फःफः स्व, धिन्ताल, नसंफागु चा लगायत थुप्रै नेपाल भाषाका कृतिहरु प्रकाशित छन् । उहाँले कयौं नाटक र चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँ वरिष्ठ निर्देशक समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *