भक्तपुर र अन्य जिल्लामा अध्ययन गर्दाको आर्थिक, सामाजिक, शैक्षिक र समयको तुलना गर्नु आवश्यक छ
- जेष्ठ १४, २०८३
अशुतोष कुमार, वर्ष २८, विद्यावारिधि तेस्रो वर्ष
सन् २०१४–२०१५ मा जेएनयुको विद्यार्थी युनियनका सभापति अशुतोष कुमारले हालैमात्र आफ्नो विद्यावारिधिको शोध विषय निश्चय गरेका छन्–‘भारतीय कम्युनिष्ट आन्दोलनप्रति सोभियत संघको कम्युनिष्ट पार्टीको नीति ।’ तर त्यसमा एउटा समस्या छ । उनको अनुसन्धान ऐतिहासिक दस्तावेजसँग सम्बन्धित छ । उनलाई आवश्यक पर्ने अधिकांश दस्तावेजहरु बेलायतमा छन्, तसर्थ उनले बेलायत भ्रमण नगरी धर छैन । बेलायत जान–आउन उनलाई पैसाको समस्या छैन तर फेब्रुअरी ९ को घटनासँग जोडिएको अनुसन्धान र प्रहरीको तारिख नै उनको लागि प्रमुख अवरोध हुने पक्कापक्की छ । उनलाई २० हजार भारु जरिवाना गर्नुको अलावा छात्रावासबाट समेत निष्काशन गर्ने काम भयो । उच्च अदालतले सजाय फैसला गरुञ्जेल उनी विश्वविद्यालयको छात्रावासमा एक जना पाहुनाको रुपमा बसे ।

अदालती कार्यबाही पछिका महिनाहरुमा कुमार अखिल भारतीय विद्यार्थी संगठनका आफ्ना साथीहरुसँग देशव्यापी अभियानको रुपमा क्याम्पस–क्याम्पसमा पुगेर विद्यार्थीहरुबीच सम्बोधन गर्ने काम गरे । धेरै ठाउँमा उनीहरुका सभामा अवरोध गर्ने काम भयो । हिंसा त नियमित जस्तै भयो । तर सर्वसाधारण विद्यार्थीहरु उनीहरुका विचार सुन्न आतुर भएको उनीहरुले पाए ।
सबैभन्दा ठूलो परिर्वतन त उनीहरुको परिवारमा भयो । कुमारको हजुरबुवा राष्ट्रिय स्वंयसेवक सङ्घको सदस्य थिए । ‘सञ्चारमाध्यमहरुमा मेरो हजुरबुवालाई राष्ट्रवादी र म भने राष्ट्रद्रोहीको रुपमा चर्चा गर्ने काम पनि भयो ।’, उनले भने,‘मेरो परिवार दक्षिणपन्थी विचारसँग नजिक थियो तर जेएनयुको घटनाक्रमले उहाँको सोचमा परिवर्तन ल्यायो । उहाँहरु पनि धेरै विषयहरुमा आज आरएसएसविरोधी हुनुभएको छ ।’
अनन्तप्रकाश नारायण, वर्ष ३० विद्यावारिधि तेस्रो वर्ष

सेप्टेम्बरमा नारायणलाई एउटा बस चोरेको आरोप लगाइएको थियो । त्यसवापत उनलाई तीन हजार जरिवाना गरिएको थियो । सूचनामा उनलाई ‘अपाङमैत्री नयाँ वातानुकूल मिनिबसलाई रोकेर कब्जामा लिई जेएनयु क्याम्पसको चमेनागृह गंगा धावा नजिक दुई घण्टासम्म राखेको’ भनी आपारेप लगाइएको थियो । सन् २०१४–२०१५ को विद्यार्थी युनियन निर्वाचनको उपसभापतिको रुपमा नारायणले एउटा क्याम्पस बसको लागि अभियान चलाएका थिए । ‘मैले हालसालै त्यो गाडीको चालक भेटें र उनलाई खाना खुवाएँ ।’, विगतको त्यो घटना सम्झँदै उनले हाँस्दै भने । अर्को सेमेस्टर पढ्न उनले त्यसो गर्नुपरेको थियो ।
नारायण आजभोलि बलात्कार कानुन सुधारको राजनीति विषयमा शोध गर्दैछन् । उनी क्याम्पसमा हुने हरेक विरोध कार्यक्रमका सक्रिय सहभागी थिए र त्यसवापत उनले धेरै कार्यबाहीका सूचना बुझ्नुपरेको छ । सन् २०१५ को नोभेम्बरमा ‘कास्ट अन द मेनु कार्ड’ नामको वृत्तचित्र प्रदर्शन गरेवापत पनि उनले कार्यबाही पत्र पाएका थिए । जबकि त्यो प्रदर्शन कार्यक्रममा उनी सहभागी समेत थिएनन् । गएको अक्टोबर १९–२० मा नाजिब अहमदलाई बेपत्ता पारेको विषयमा विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपति र विश्वविद्यालय प्रशासनका कर्मचारीहरुलाई थुनेको झुठ्ठा आरोपमा पनि उनविरुद्ध कार्यबाहीको सूचना जारी भएको थियो ।
‘विश्वविद्यालय प्रशासनले सबैजनालाई हामी राजनीतिमात्र गर्न आएको र शैक्षिक प्रक्रियालाई अवरुद्ध गर्न खोजेको भनी चित्रण गरेको छ ।’, उनले आफूमाथिको कार्यबाहीका पत्रहरुको चाङ देखाउँदै भने ।
वारणसीस्थित चण्डौलीमा उनको घर छ । घर फर्केर उनी भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी–लेनिनवादी) का कार्यक्रमहरुमा सहभागी भए । अखिल भारतीय विद्यार्थी संगठनका आफ्ना सहपाठीहरुसँग उनले उत्तर प्रदेश, बिहार र झारखण्डका विश्वविद्यालयहरुको भ्रमण गरे ।
शुरुमा फेब्रुअरी ९ को दिन भएको घटनामा सामेल भएको अभियोगमा उनलाई भारु २० हजार जरिवाना गरिएको थियो । तर पछि त्यो रकम घटाइयो । तथापि उनले जरिवाना एक पैसा पनि तिरेनन् । जरिवाना नतिर्नुको सजायस्वरुप उनीलगायत केही विद्यार्थीहरुलाई नयाँ शैक्षिक वर्षमा भर्ना हुन रोक लगाइयो । विश्वविद्यालयको रेकर्डमा आफ्नो नामविरुद्ध ‘अस्थायी’ भन्ने शब्द लेखिएको हुनुपर्ने नारायणको विश्वास छ ।
रामा नागा, वर्ष २६, विद्यावारिधि प्रथम वर्ष

जेएनयुको विद्यार्थी युनियनको पूर्व महासचिव रामा नागाको विरोधमा कार्यवाही पत्रको सबभन्दा बाक्लो ठेली छ । अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन बाहिरबाट मान्छे बोलाएको, गौरक्षक (गाई जोगाउ अभियानका कार्यकर्ताहरु)को पुत्ला जलाएको, सन् २०१५ मा ‘कास्ट अन द मेनु कार्ड’ वृत्तचित्र प्रदर्शनमा सहभागी बनेको, त्यही साल चौबिसै घण्टा पुस्तकालय खुला गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी बनेको र गत वर्ष नाजिक अहमदको बेपत्ता पारिएको विरुद्ध तालाबन्दी गरेको आरोपलगायत धेरै पटक उनलाई कार्यबाही पत्र ठम्याइएका छन् ।
अशुतोष कुमारलाई जस्तै उनलाई पनि छात्रावासबाट निष्काशन गर्नुको साथै २० हजार भारु जरिवाना गरिएको थियो । पछि यो सजाय आधा घटाइयो । गएको साल फेब्रुअरीमा भएको घटनाको समयमा नागाले भर्खरै आफ्नो एमफिल शोधको पहिलो पाठ बुझाइसकेका थिए र अर्को दुई वटा पाठ बुझाउन बाँकी थियो । विद्यार्थीहरुलाई तोकिएको सजायविरुद्ध प्रशासन भवनअघिको पार्किङस्थलमा भएका भोक हड्तालको क्रममा उनले आफ्ना बाँकी पाठहरुको तयारी गरेका थिए ।
तर आज उनको अगाडिको मार्ग प्रष्ट छ ः नागाको विद्यावारिधिको भर्ना निश्चित भइसकेको छ । उनले बीआर अम्बेडकरको विषयमा अनुसन्धान गर्नेमा पक्कापक्की भयो । फेब्रुअरी ९ को घटनामा सामेल भएको आरोपमा उनलाई शुरुमा छात्रवृत्तिको लागि आवेदन दिन रोक लगाएको थियो । तर आज उनले छात्रवृत्तिको लागि आवेदन दिइसकेका छन् । मजदुर दिवसको दिन भएको विरोध प्रदर्शनवापत उनलाई लगाइएको ५ हजार भारु जरिवाना विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरुबीच उठाएर तिरिसकिएको छ । जनवरी महिनामा उनले विलम्ब शुल्कसहित भारु १५ हजार तिरेर आफ्नो खाना शुल्क पनि चुक्ता गरिसकेका छन् ।
‘विश्वविद्यालय प्रशासनले सबैजनालाई हामी राजनीतिमात्र गर्न आएको र शैक्षिक प्रक्रियालाई अवरुद्ध गर्न खोजेको भनी चित्रण गरेको छ ।’, उनले आफूमाथिको कार्यबाहीका पत्रहरुको चाङ देखाउँदै भने ।
क्याम्पसको सुरक्षा
फेब्रुअरी २०१६ को घटना यताको समयावधिमा विश्वविद्यालयमा धेरै पटक प्रहरीलाई बोलाइयो । अक्टोबर महिनामा नजिब अहमद बेपत्ता भएको घटना र बलात्कारको मुद्दाका सम्बन्धमा प्रहरीलाई विश्वविद्यालयमा बोलाइयो । प्रशासनले अक्टोबर महिनामा एक दिनभरि उपकुलपति र प्रशासनका कर्मचारीहरुलाई कोठामा बन्द गरेको र जनवरी महिनामा विश्वविद्यालयको कार्यकारी परिषद्को लागि भएको तनावको अवस्थामा प्रहरीलाई गुहारेको थियो । पछिल्ला दुई सन्दर्भमा प्रहरी क्याम्पस बाहिर मात्र तैनाथ रहे ।
विश्वविद्यालयभन्दा बाहिरका मानिसहरुको प्रवेशका सन्दर्भमा बनेको नीतिबारे केही प्रश्न उठेका छन् । तर विश्वविद्यालयको आफ्नै सुरक्षा संयन्त्रलाई जस्ताका तस्तै राखिएको छ । ‘फेब्रुअरी ९ को घटना अपवाद थियो ।’, विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकारी नविन यादवले भने,‘क्याम्पसभित्र सुरक्षा रणनीति नियमित अभ्यास हो र त्यो कुनै अपवादमा निर्भर रहने गर्दैन । सामान्यतः क्याम्पसमा धेरै सङ्ख्यामा विरोध जुलुस, बहस, जनसभा र अरु गतिविधिहरु महिनाभरि भइरहन्छन् । सुरक्षा एकाइ ती सबै गतिविधिमा सुरक्षा दिन सक्षम छ ।’
विश्वविद्यालयको आफ्नै सुरक्षा संयन्त्र भएका कारण प्रहरी प्रशासन क्याम्पस परिसर बाहिर तैनाथ रहने गर्दछ । ‘तर कसैले १०० मा फोन गरेर सुरक्षा मागे हामीले प्रहरीलाई क्याम्पसभित्र पस्नबाट रोक्न सक्दैनौं ।’, उनले भने ।
समाप्त
अनुवादःनीरज
स्रोतःइस्क्रोल.आईएन
Leave a Reply