भर्खरै :

हात्ती, हनुमान र हामी

– अनिता जधारी
हाम्रो सम्पदा संरक्षण गर्न विदेशी सहयोग नभई हुन्न भन्नेका लागि हात्तीको ज्यान सा¥है ठुलो हुन्छ । त्यसलाई बाँधेर राख्ने सिक्री वा डोरी त्यसको ज्यान र बलको अनुपातमा अति सानो र कमजोर हुन्छ । तैपनि हात्तीलाई बाँध्न सानो सिक्री नै काफी छ । किन हात्तीले त्यो सानो सिक्री वा डोरी चुँडाल्न सकेन त ? कारण हात्तीको बल नपुगेर होइन, बरू त्यसको दिमागमा ‘त्यो डोरी चुडाल्न सकिंदैन’ भन्ने सानै बेलादेखिको प्रभावको कारण त्यसले सिक्री वा डोरी चुडाल्न सक्दैन । शरीर ठूलो अनि बल धेरै भएर पनि हात्तीको दिमागमा कमजोर छ भन्ने भावनाले त्यसलाई कमजोर बनाउँछ ।
हनुमान पनि सा¥है नै बलियो बाँदर थियो जसले एकचोटि उफ्रिनेबेलामा सयौं कोषको समुद्र पार गर्नसक्छ । पहाड नै उठाउनु पनि हनुमानको लागि ठूलो कुरा होइन । तर हनुमानले जति राम र रामको सम्पूर्ण परिवारकै सेवा गर्दा पनि ऊ दास नै रह्यो र बाँदरहरूको अवस्थामा केही सुधार ल्याउन सकेन । हनुमान र उसको बाँदरसेनाले युद्ध जिते पनि अहिलेसम्म उनीहरूको स्थान दरवार बाहिर र मन्दिर बाहिर खानेकुरा खोजेर खानुपर्ने अवस्था छ । हनुमान र बाँदरहरूको यो अवस्था हनुमान आफ्नो बल र बुद्धिलाई नभई अरु कोहीलाई भगवान मानेर उनीहरूको भलो गर्छ भन्ने मानसिकताको कारण हो ।

अनिता जधारी


हामी मानिसहरू हात्ती र हनुमानभन्दा फरक छौं । हामीलाई हाम्रो शारीरिक, मानसिक क्षमताको बारेमा अरुले बुझाउनु पर्दैन तर समय–समयमा बाटो बिराउन खोज्यो भने सही बाटो देखाउने दर्शन र सिद्धान्तको आवश्यकता पर्दछ । सही सिद्धान्त र सही मानेमा समाजलाई बुझ्ने मान्छेहरू त्यो सिद्धान्त र दर्शनबाट प्रभावित हुन्छन् र त्यही सही सिद्धान्तलाई समाजमा प्रयोग गरेर समाजलाई नै सही दिशामा लग्ने उद्देश्य लिन्छन् । तर गलत सिद्धान्त र दर्शनलाई नै सही मानेर ठूलै जमात नै लागेको छ भने पनि त्यसलाई मास हिस्टेरिया भनिन्छ र त्यो एउटा रोग हो । रोगलाई सही समयमा उपचार गरिएन भने बल्झिएर समाजलाई नै बर्बाद गर्न सक्छ ।
हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्पदालाई हामीले नै संरक्षण गर्न सक्छौं । हामी हाम्रो गाउँ–ठाउँ हामी आफै विकास गर्न सक्छौं । हाम्रो संस्कार मगन्ते संस्कार होइन । जबसम्म हाम्रो दिमागमा रहेको लघुत्ताभासलाई रोक्न सक्दैनौं हामीले साँचो मानेमा विकास गर्न सक्दैनौं । अरूको सहयोगबिना विकास गर्न सक्दैनौं, अरुले पैसा नदिईकन सम्पदा, विद्यालय र केही विकास कार्य गर्न सक्दैनौं भन्ने सोच्नु दास मानसिकता हो । यसलाई सिद्धान्तको रुपमा ग्रहण गर्छौं भने पनि त्यो हात्तीलाई बाँधेको सिक्रीमात्र हो, हनुमानलाई दास बनाएको लघुत्ताभासमात्र हो । यस्तो भावना बहुमत मान्छेमा छ भने पनि त्यो बहुमत सही हुनुपर्छ भने होइन किनभने मास हिस्टेरिया भएको जमातले के गर्छ, के भन्छ त्यो सबै गलत र भ्रम हुने बढी भन्दा बढी सम्भावना हुन्छ । हात्तीको ठूलो शरीर, हनुमानको असाधारण शक्ति, बहुमत भएको मास हिस्टेरियाग्रष्ट हुलभन्दा सही सिद्धान्तद्वारा हिप्नोटाइज भएका साधारण हामीले हाम्रो समाज, सम्पदा र संस्कृतिको संरक्षण र विकास गर्न सक्ने क्षमता राख्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *