बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
–सञ्जीव मुनंकर्मी, भक्तपुर
युवा लेखक राजनका, चीन – संरा अमेरिकाबीच व्यापार युद्धको अन्तर्य, (मजदुर दैनिक, २०७५ साउन १७), नवप्रवर्तनमा २१ औं शताब्दी चीनको हुने १, (मजदुर दैनिक, २०७५ साउन १७), पूर्वाधार निर्माणमा नेपालले चीनबाट के सिक्ने ? (मजदुर दैनिक, २०७५ असोज १८) आदि लेखहरू निकै समसामयिक, सूचनामूलक, यथार्थवादी र सम्बन्धित व्यक्तिहरूको लागि शिक्षाप्रद छन् ।
एकथरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले र एमाओवादी
(प्रचण्ड) बीच एकता भएपछि) का अधिकांश बुद्धिजीवीहरूले सिद्धान्तको कुरो नगरौं र व्यापार
(नाफा–नोक्सान) को कुरो गरौं भनी रहेका छन् भने अर्कोतिर माओवादी
(प्रचण्ड) बाट छुटेकाहरू वा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई बचाउने भनेर लागेका विप्लव, वैद्य, गोपाल किराँतीहरूका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का वुद्धिजीवीहरूले सिद्धान्तका कुरामा जोड दिइरहेका छन् । तिनीहरूले बाबुराम भट्टराईलाई कम्युनिष्ट सिद्धान्तलाई त्याग्ने भनी सत्तो सरापिरहेका छन् ।
पहिलो थरीका बुद्धिजीवीहरू इमानदार र घूस खाँदैनन् । तर, तिनीहरू चीन र संरा अमेरिका, उत्तर कोरिया, दक्षिण कोरिया र संरा अमेरिका अहिले व्यापारको कुरा गरिरहेका छन् र सिद्धान्तको कुरो होइन, सिद्धान्तको कुरा गर्नु बेकार र खोक्रो हो भनी चिच्याइरहेका छन् । तिनीहरूले भनेजस्तो अहिले चीन र संरा अमेरिकाबीच भइरहेको व्यापार युद्ध नाफा नोक्सानको कुरा होइन र सिद्धान्तको कुरा हो ।
तिनीहरू कम्युनिष्ट सिद्धान्त र पार्टीका कुरा खुब गर्छन् । त्यसो भए तापनि, तिनीहरू ढुलमुले, शक्तिका पुजारी, अवसरवादी र कुनै पनि बेला नेपाल कम्युनिष्ट पार्टी कमजोर भएमा वा त्यसबाट केही फाइदा लिन नसकेमा त्यस पार्टीलाई छोडेर फाइदा लिनसक्ने अर्को शासक पार्टीमा जान्छन् । वास्तवमा, सिद्धान्तको कुरा नगर्ने र सिद्धान्तको नाममा गलत विचार पैmलाउनेहरू दुवै खतरनाक छन् । तिनीहरू कम्युनिष्ट नेताहरू यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भनी खुव गफ हाँक्छन् । यद्यपि, तिनीहरू त्यस सिद्धान्त र पार्टीका गतिविधिहरूमा एक सिन्को पनि भाँच्दैनन् । अझ, तिनीहरूले इमानदारीपूर्वक काम गर्ने कार्यकर्ताहरूलाई पनि नोकर बन्ने भनेर भाँड्छन् । माओले भन्नुभएजस्तै त्यस्ताहरू नक्कली नागका सौखिनहरू हुन् । तिनीहरू नेपाल कम्युनिष्ट पार्टीको धाकमा सिद्धान्तनिष्ठ, व्यवहारिक र इमानदार साना पार्टीहरूका कार्यकर्ताहरूलाई मान्छै गन्दैनन् ।
यस्ताहरूको बारेमा कलम चलाउनु समयको बर्बादीमात्र हो । यद्यपि, यस्ता खतरनाक कुराहरूबाट अरुहरूलाई जोगाउन युवा लेखक राजनबाट पनि आशा गर्नसकिन्छ ।
Leave a Reply