नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २६ असोज । ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको आयोजनामा शुक्रबार दसैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेजका शिक्षक र कर्मचारीबीच भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले स्थानीय तहलाई संविधानले शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मेवारी दिएको प्रावधानविपरीत स्वास्थ्य राज्यमन्त्रीले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने अभिव्यक्ति दिनु असंवैधानिक भएको बताउनुभयो ।
उहाँले शिक्षक र कर्मचारी आफैं समाजको बौद्धिक वर्ग भएकोले नागरिक भावना र देशभक्तिको विचारबाट सुसज्जित हुनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले दक्ष इञ्जिनियर तयार गर्नु सिङ्गो देशको हितमा हुने भएकोले कर्तव्यबोधका साथ कलेज अघि बढाउन सहभागी शिक्षक र कर्मचारीलाई आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले दुई दशकदेखि कलेजहरू सञ्चालन गरेको र जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै अस्पताल निर्माणको प्रक्रियामा रहेको यथार्थ सबैलाई जानकारी हुँदाहुँदै जिम्मेवार व्यक्तिहरूले संवैधानिक व्यवस्थाविपरीत अभिव्यक्ति दिंदै हिंड्नु अत्यन्त आपत्तिजनक भएको बताउनुभयो ।
उहाँले निजी कलेजहरूलाई प्रोत्साहित गर्न नै यस्तो किसिमको भ्रमित समाचारहरू प्रचार प्रसार हुनेप्रति सचेत गराउँदै स्थानीय तहहरूलाई शिक्षा र स्वास्थ्यको जिम्मेवारी दिएमा नागरिकहरूले सस्तो र सुलभ तरिकाले अत्यावश्यक सेवाहरू प्राप्त गर्नेछन् भन्नुभयो ।
निजी कलेजहरूमा ४०–५० लाख खर्च गरेर चिकित्साशास्त्र पढेका डाक्टरहरूले निःस्वार्थ सेवा गर्नेभन्दा पैसा कमाउनमा नै जोड दिने हुनाले समाजमा विकृति फैलिनेप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो । ठूल्ठूला राजनैतिक दलहरू सरकारमा बसेर कमिशन र सुविधा भोग्नेमा लीन भइसकेकोले प्रतिपक्षमा बसेर प्रखर भूमिका निभाउन नसकी पानीविनाको माछाजस्तै भएको छ उहाँले भन्नुभयो ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाललगायत विभाग तथा शाखा प्रमुखहरूले दसैं, तिहार, छठ र नेपाल संवत्को शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply