यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
क्रिश्चिना
मोटरसाइकल – ट्रिपर, तिमी पस्यौ नेपालमा किन ?
बगैंचासरि नेपालमा साँढेझैं किन ?
कति मा¥यौ सिङ्गले हानेरै नेपालीहरू हरदिन,
कति कुल्च्यौ, पाङ्ग्रे खुट्टाले हरदिन !
ट्रिपर – सवारी हुँदा राजाको, मन्त्री प्रधानको
बाटो छोड्नुपर्दथ्यो तिमीहरूले अदवले
दायाँ–बायाँ उभिएर दर्शन गर्दा
कहाँ ज्यान तिमीहरूको जाने हो र ?
मोटरसाइकल – धाक नलाऊ, ‘ज्यानमारा’ ट्रिपर
धाप दियो ठूलो देशले भन्दै हेर टिम्केको ?
राजा गए देशबाट, काङ्ग्रेस हा¥यो अब
अरु मै हुँ भन्नेहरू पनि गाडिनेछन् माटोमा
ट्रिपर – हे फुच्चे, भट्भटे बढी नबोल्नू है अब
तिमी आयौ त्यहींबाट जहाँबाट हामी
सरकार, ट्राफिक र मन्त्रीहरू सबैले
स्वागत गर्छन् भारु पहिले नै लिएर
मोटरसाइकल – हो, हो, थाहा छ मलाई सबै दिल्लीको
चाल नेपाल खाने, एक एक गरी
मोटर, ट्रक, ट्रिपर, जहाज सबै
नदीको पानी भारत बग्यो, पैसा पनि ।
ट्रिपर – तिमी कहाँ जन्म्यौ, त्यही मेरो जन्म हो
तिमी सानो कारखानामा, म ठूलोमा
पुँजी ठूलो स–साना देशै किन्ने हो ।
छिमेकका सरकारहरू र बजार पनि !
मोटरसाइकल – नफुल भ्यागुतोजस्तो, फुट्ने बेला आयो
तिम्रो मालिककहाँ पनि – किसान उठ्यो थाहा छ ?
बीसवर्षे युवा वाहन फेर्ने जाल पनि
तिम्रै मालिकको आदेश हो, क्यारे !
ट्रिपर – थाहा छ, थाहा छ, फुच्चे, उत्तरबाट आउने
विद्युत्को भट्भटे, तर तिम्रै सानो
मालिकलाई ठूलोले हैकम चलाई
भन्छ – माथिको वाहन नल्याउनू, नत्र … !
मोटरसाइकल – किन्नु पर्दैनथ्यो पेट्रोलको महँगो पैसा
विद्युत् आफ्नै घर राख्ने सस्तोमा
ज्याङ्गो किच्ने केटाकेटी, स्कूले र
बटुवा परोस् भनी गुण्डे–झिल्केले
ट्रिपर – हेर फुच्चे, सपनामा पनि नदेख
उत्तरबाट भट्भटे आउँदैन,
दिल्लीको खाएको दाना ठूला र यातायातले पहिले
बिन्ती बिसाए, हस् भन्दै मालिक दिल्लीसँग
मोटरसाइकल – नचला – थुतुनो तेरो ठूलो भनी है
मर्ने त पहिले ठूलै हो डाइनोसोरसरि
बाँच्ने त कमिलाजस्तै सानै हो
अरुलाई खाने मालिक कत्ति खसे, मरे ?
ट्रिपर – निर्माण गर्ने भन्दै हामी एक एक गरी
सत्यानास गर्छौं, नेपाल र नेपालीको
खबरदार, उत्तरबाट नल्याइयोस्
वाहन, नत्र हड्ताल तराईमा हुनेछ ।
मोटरसाइकलः थाहा छ, सबै चर्तिकला दिल्लीको
पालेका कुकुरहरू पनि चिनेको
तर उदाङ्गिनेछन्, जनता जाग्दा
नाङ्गा हुनेछन्–भ्रष्ट पाल्तु विदेशका ।
ट्रिपरः गृहयुद्धमा तालिम हामीले दियौँ
हतियार, रसद, पानी हामीले दियौँ
पुल, सडक, भवन र विद्यालय हामीले
चुँडाल्यौँ र भत्कायौँ युद्धमा शत्रुको ।
मोटरसाइकलः मुखले मित्र भन्ने कामले शत्रु ?
घरमा पस्ने मित्रको अनि चोर्ने
अम्खोरा, जुत्ता र सामान पनि
भरेर एक एक झोलामा बेसरमी !
ट्रिपरः कूटनीति यस्तै हो, जसरी सिक्किम
पोल्टामा हाम्रै पा¥र्यौं अब तिम्रो पालो !
थाहा छ श्यामकर्ण घोडा पठायौ युद्धको
भित्री सबै बुझ्न, हान्नलाई ‘नेपाली’ भनी ।
मोटरसाइकलः विभीषण त कहाँ हुँदैन ? तर सक्दैनौ हेर
अरुलाई भाँड्ने आफैं खाल्डोमा धेरै
उदाहरण कति कति ! होस गर
माटोको भाँडोजस्तै फुट्नेछौ चिराचिरा ।
ट्रिपरः मजदुर र किसान भने भाँड्छौ दिल्ली
आफ्नै साम्राज्य फुटाउँछौ विस्तार भनी
नक्सली, मानवअधिकार र प्रजातन्त्र थरी
सबै विरोधी हुन्, दिल्लीका देशी वा विदेशी !
मोटरसाइकलः यस्तै हो, मूर्ख साँढेको चिन्तन पनि
शत्रु र मित्र नचिन्ने ? दुई सय वर्ष
कसले दास बनायो तिमीलाई बिस्र्यौ ?
ती मित्र, अनि जनता र छिमेकी शत्रु ?
ट्रिपरः सानो माछा खाने हो ठूलोले ‘राज’ नीति
नखाई सानो, हुन्छौँ कसरी हामी ठूला ?
धर्मको झण्डा तल हतियार भिर्ने
अरु धर्म, जात र जनतालाई पेल्ने !
मोटरसाइकलः धर्म, जात, रगत, राष्ट्रकै धाकले
मुसोलिनी इटालीको, फासीवादी
पवित्र रगत र राष्ट्रियता भन्दै
जर्मनीको हिटलरले मारे करोडौं ।
ट्रिपरः त्यही हो मेरो सरकारको धर्म
मुसोलिनी र हिटलरले जस्तै हान्ने
छिमेकीमाथि धर्म, जात र राष्ट्रियता
भन्दै आक्रमण सानोलाई,पछि ठूलालाई !
मोटरसाइकलः भो, अब ट्रम्पको पतनको दिन गन्ती भो
तिम्रो मालिकको पनि हुनेछ त्यस्तै
दबाउँदै गयो जनताको भने, होस गर
मान्छे मार्ने ट्रिपर नेपाली मार्न पठाएको हो !
Leave a Reply