जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
पाल्पा, २७ असोज । नेपालीको महान् पर्व दसैं तिहारमा अनिवार्यजस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा तीजदेखि दसैं तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो । दसैंका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवा पुस्ता पीङप्रति आकर्षित हुन नसक्दा पीङ खेल्ने संस्कृति नै हराउन थालेको हो । वर्षको एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारणले पीङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पीङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पीङप्रति रुचि देखाउन छाडेका छन् । व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुङ्गका पीङ खेल्न पाइने भएपछि पीङप्रतिको रुचि कमजोर हँुदा दसैं तिहारमा खेलिने पीङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । पाल्पा बगनाकाली गाउँपालिका–९ का कृष्ण भुसालले बाल्यकालमा लिङ्गे पीङ निकै खेलिने र रमाइलो हुने गरेको अुनभव सुनाउनुभयो । उहाँले काठे पीङभन्दा लुठे पीङ खेल्दा रमाइलो हुने र सबै पीङ खेल्न आतुर हुने गर्दथे । भुषालले भन्नुभयो, “पहिला एउटा बस्तीमा एउटा पीङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।” बगनाकाली गाउँपालिका–६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पीङ खेल्न नपाएको बताउनुभयो । पीङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिङ्गे पीङ बनाउने गरिएको अनुभव उहाँले सुनाउनुभयो । पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ बागमतीका यमबहादुर सुनारले काठको पीङ देखिनै छाडे पनि लिङ्गे पीङ रामपुर क्षेत्रमा अझै देखिन्छ, पहिलाको तुलनामा विस्तारै हराउन थालेको सुनारले बताउनुभयो । युवा पुस्ताको पीङप्रति आकर्षित छैनन्, जसका कारण पीङ नै पहिलाभन्दा कम हालिने सुनारको भनाइ छ । काठ अभावमा काठे पीङ बनाउन सम्भावना नै नभएपछि लिङ्गे पीङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् ।
सार्वजनिक स्थलमा भेटिने पीङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पीङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरू चिन्तित छन् । युवाहरू रोजगारीका लागि सहर तथा विदेश पलायन भएपछि पीङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन ।
Leave a Reply