“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २७ असोज । ‘‘सरकारमा जाने शासकदलहरूले नेपालको नदीनाला भारतलाई दिएर बिजुली उसैसँग महँगोमा खरिद गर्ने काम गरेकोले देश र जनताले दुःख पाएको हो ।’’ उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. छालिङ्गको ११ औं वार्षिक साधारणसभाको समुद्घाटन मन्तव्यमा बताउनुभएको हो ।
कार्यक्रमका सांसद सुवालले नेपालको कोसी, गण्डक, महाकालीलगायत नदिनाला भारतको पोल्टामा दिने र नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी जमिन मिचेर सिमानामा नेपाली जनतालाई दुःख दिंदा पनि सरकारमा जानेहरू चुइँक्क नबोलेको र दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले भारतमा गएर २५ बुँदे संयुक्त वक्तव्यमा हस्ताक्षर गरेकोले नेपालको सार्वभौमिकता भारतबाट थिचोमिचो भएकोमा नेपाली जनताले विरोध गर्नुपर्ने बताउनुभयो ।
भारतीय विस्तारवादले दक्षिण एसियामा अमेरिकी साम्राज्यवादको जस्तै नीति लिएर बाँकी देशमा थिचोमिचो गरेको उल्लेख गर्दै उहाँले चीनको सामानमा कर लगाएर अमेरिकी साम्राज्यवादले व्यापार युद्ध थोपेको बताउनुभयो ।
सांसद सुवालले सरकारले अपराधी, तस्कर र माफियालाई संरक्षण गरेको कारण देशमा भ्रष्टाचार बढ्नुको साथै सिंहदरबार पनि ठगहरूको घेरामा पर्दै गएको बताउनुभयो ।
कार्यक्रममा आरटी एशासियट्सका प्रोपाईटर आर श्रेष्ठले ओरेन्टल जस्ता सहकारीको कारण जनताको सम्पत्ती डुब्नुका साथै सहकारी क्षेत्रकै बदनाम भएकोले बचत गर्दा राम्रा सहकारीको पहिचान गरेरमात्र गर्नुपर्ने र नाफा तथा ब्याजको लोभमा पर्न नहुने पनि बताउनुभयो ।
शुभलाभ साकोसका अध्यक्ष लक्ष्मीनारायण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका चण्डिका छुकां, सिद्धि गणेश साकोसका रामलक्ष्मी शिल्पकार, शुभलाभ साकोसका सानुकाजी दथेपुथे, कृष्णेश्वरी ह्यौंमिखा, रामकृष्ण त्यात, कृष्णराम सुलु, श्रीप्रसाद त्यातजु, निर्वाचन समितिका चक्रबहादुर चाकतु, मिनबहादुर बाटा, बालकृष्ण धोंजुलगायतले मन्तव्य राख्नुभएको थियो । साधारण सभाको बन्दसत्रले लक्ष्मीनारायण लिगलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र रामकृष्ण त्यातको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध निर्वाचित ग¥यो ।
Leave a Reply