भर्खरै :

के यो सांस्कृतिक आक्रमण मात्र हो ?

– बोधबहादुर नेपाली
हत्या, हिंसाको विरोध गर्नु एउटा हो तर त्यसको नाममा मानिसलाई धर्म परिवर्तन गराउन खोज्नु बेग्लै कुरा लाग्छ । हिजोआज दसैंमा दिइने बलिप्रथाको विरोधमा धेरै सङ्घ संस्थाहरू अगाडि आएका छन् । बलिप्रथा एक अन्धविश्वासमा आधारित प्रथा भएकोमा विवाद नहोला तर त्यसैका आधारमा अर्को धर्मकाहरूले मानिसको धर्म, रहनसहन र खानपान नै बदल्न सार्वजनिक आह्वान गर्नु र बहस गर्नु गलत हो । अरु धर्मकाले एउटा धर्मको विरोध गर्दा धार्मिक द्वन्द्व निम्तिने खतरासमेत हुन्छ ।
एउटा संस्थाले त माछामासु र फुल (अण्डा) खानु नै पाप हो भनी प्रचार गरिरहेको छ । धर्म र पापको त आ–आफ्नै मापदण्ड होला । तर मानव स्वास्थ्यको लागि पौष्टिक तत्वको पूर्तिको सन्दर्भमा माछामासु र अण्डा सेवनको महत्वलाई घटाउन सकिँदैन । माछामासु र अण्डा नखाँदा हाम्रो जस्तो कृषिप्रधान देशको अर्थतन्त्रको एक भाग पक्षघात हुन जान सक्छ । पशु पक्षीपालन व्यवसाय धरापमा पर्छ । धेरै नखाऔं, पशुपक्षीलाई यातना दिएर बध नगरौं, सके बलिप्रथा पनि हटाउँदै जाऔं तर एउटा धर्म खराब भनी त्यस्तै अन्धविश्वासले भरिएको अर्को धर्ममा फसाउने निकृष्ट कार्यलाई बढावा नदिऔं । यो सांस्कृतिक आक्रमणमात्र होइन, अर्थतन्त्र माथिको आक्रमण पनि हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *