भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
रोशनराज तुईतुई
नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक तथा भौगोलिक रुपमा विविधता भएको देश हो । त्यसैले यस देशमा स्थान विशेषको विविधतायुक्त स्थानीय ज्ञान, सीप, परम्परा, संस्कृति र खेलहरू रहेका हुन्छन् । यी रैथाने ज्ञान, सीप, परम्परा, खेल आदि एकैदिनमा प्राप्त भएका भई धेरै लामो समयको प्रयासबाट आएको हुन्छ । औद्योगिक क्रान्ति, उत्तर विश्वयुद्धकाल र बिसौं शताब्दीको उत्तरद्र्धसँगै सुरु भएको भूमण्डलीकरणको प्रभाव तथा आधुनिकीकरण सहरीकरण तथा बढ्दो प्रविधिको विकासले यस्ता स्थानीय सीप, ज्ञान, खेलहरू विस्तारै ओझेलमा पर्दै गयो । त्यस्तै कतिपय रैथाने सीपहरू लोप भइसकेको पनि छन् । हालको यस समयमा यस्ता विषयहरूको पुनर्जागरण सुरु भएको छ भने निरन्तरता दिनु आवश्यक छ ।
यस्तै स्थानीय ज्ञान, सीप, खेलहरूमा परम्परागत स्थानीय खेल कसिमला पाँय् पनि एक हो । योे खेल हाल झण्डै लोप हुने अवस्थामा पुगेको थियो । तर भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ६ मा यस खेललाई समावेश गरेपछि यसले पुनर्जागरण प्राप्त गरेको छ । हाम्रो हजुरबुबाहरूले यो खेल खेल्ने गरेका देखिन्थे भने हाल केही स्थानमा सीमित जेष्ठ नागरिकहरूले मात्र खेलेका देखिन्छन् । यो खेलको सुरु कहाँबाट कहिले भएको भन्ने जानकारी प्राप्त हुनसकेको छैन । यो खेल खेल्न सजिलो र मनोरञ्जनात्मक रहेको छ भने यसको लागि आवश्यक सामाग्रीहरू पनि सजिलै प्राप्त हुनेरहेछ । यसको लागि नकर्त वा बेतबासको चारवटा कप्टेरा वा बत्ती हुन्छ । जसलाई पाँय् भनिन्छ र एउटा बोर्ड हुन्छ, जसमा चित्रमा देखाएजस्तै कोठाहरू रहेका हुन्छन् ।
यसलाई कसिमला भनिन्छ । यसरी यो दुवैको पुर्ण स्वरुपलाई कसिमला पाँय् भनिन्छ । कुनै स्थानमा यस खेललाई कसिपाँय् मात्र पनि भन्ने गरिन्छ । यस खेलको बोर्डमा तीन भागको कोठा हुन्छ । दुई छेउमा दुई पक्षको फरक प्रकारका गोटीहरू हुन्छ भने बीचमा केही फराकिलो कोठाहरू हुन्छ । जसलाई मला भनिन्छ । मला भागमा सुरुको कोठादेखि प्रत्येक चौठो कोठामा चिन्ह लगाएको हुन्छ जसलाई लायग वा भोङ्ग भनिन्छ । यस लायगमा गोटी सुरक्षित रहन्छ अथवा अरु कोठामा रहेको कोठा विपक्षले खान सक्छ भने लायगमा रहेको गोटी खान पाउँदैन । एउटा पक्षले लिइराखेको लायगमा दोस्रो पक्षको गोटी राख्न पाउँदैन । लायगको सङ्ख्या फरक पनि हुन सक्दछ । कुनै स्थानमा सात वटासम्म पनि रहेको छ । दुई पक्ष बनाएर खेल्ने यो खेल मनोरञ्जनात्मक र प्रतिस्पधात्मक पनि हुन्छ । स्थान विशेषमा नियममा केही फरक भए तापनि यसको मुख्य आधार भन्ने फरक रहेको देखिँदैन । यस खेलमा गोटी चाल्ने मुख्य आधार यसमा रहेको पाँय वा (गेती) मा आउने सङ्ख्या नै हो । पत्तीमा कसि नआएसम्म दुवै पक्षले गोटी चाल्न पाउँदैन । चारवटा पत्ती उफार्दा यदि तीन वटा घोप्टो परि १ वटा माथि फर्केमा कसि वा १ मानिन्छ । कसिपाँय् ४ वटा मध्ये २ वटा माथि र २ वटा घोप्टो परेमा दोक वा हादी वा २ मानिन्छ । त्यसैगरी ४ वटा मसिपाँय् मध्ये ३ वटा माथि फर्केको १ वटा घोप्टो परेमा सुदी वा ३ मानिन्छ । ४ वटा कसिपाँय्मध्ये चारैवटा माथि फर्केमा पिइ वा च्या वा ४ मानिन्छ । यदि कसिपाँय् चारै वटा घोप्टो परेमा ङा वा ५ मानिन्छ । यसरी कसिपाँय्मा पिइ वा च्या तथा ङा आएमा पुन ः दोहो¥याएर कसिपाँय् उफार्न दिइन्छ । गोटी चाल्दा आफ्नो पक्षको दायाँबाट सुरु गरिन्छ । यसरी खेल सुरुपछि जुन पक्षले आफ्नो गोटी बाँकी गरी विपक्षका सम्पूर्ण गोटी खान सफल हुन त्यस पक्षको जित हुन्छ । यदि एउटा पक्षले आफ्नो सम्पूर्ण गोटी सुरक्षित गरी विपक्षको सम्पूर्ण गोटी खाएमा त्यस अवस्थालाई गुलमसी वा डबल अङ्क दिने गरिन्छ । त्यसैले यो खेल मूलत ¤ पाँय् वा पत्री उफार्दा विषेश ध्यान दिनुपर्दछ । कसिले गोटीलाई १ सार्ने दोकले २, सुदीले ३, पिइले ४ र ङाले ५ सार्नु पर्दछ । गोटी सार्दा विशेष ध्यान पु¥याउनु पर्दछ । कुन गोटी सार्दा विपक्षलाई असजिलो हुन्छ वा विपक्षको गोटी खान सकिन्छ तथा लायगमा बस्न सकिन्छ आदि विषयमा ध्यान पु¥याउनुपर्दछ । जसले जित निकाल्न सजिलो बनाउँछ । यसले यस खेललाई मनोरञ्जनात्मक र सोचनीय बनाउँछ ।
समग्रमा भन्नुपर्दा यो खेल खेल्न धेरै गा¥हो छैन । सिक्न सजिलो पनि छ । हाल भक्तपुरको वाकुपती नारायण स्थान सूर्यमढी, चोछें छुमागणेश पाटी, गहीती, खौमा, सिद्धपोखरी आदि स्थानहरूमा हाम्रा अग्रजहरू खेल्दै गरेका देखिन्छन् । उक्त क्षेत्रहरूमा गएर पनि हेर्न र सिक्न सकिन्छ । हाल भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमअन्त्तर्गत कक्षा ६ मा राखिएको यस खेललाई आगामी २०७५ कार्तिक ११–१७ गते सम्मको नगर खेलकुद प्रतियोगितामा यस खेललाई पनि कक्षा ६ का विद्यार्थीहरूबीच प्रतियोगिता सञ्चालन गर्दैछ । जसले यस खेललाई पुन जागृत गर्न सहयोग पुग्ने देखिन्छ ।
Leave a Reply