काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
–मेरिना शाक्य
हत्या हिंसाका घटना पञ्चायत कालमा पनि भएका थिए । मानव तस्कर गर्ने, महिला बेचबिखन गर्ने, महिला वेश्यालय पु¥याउने, बालबालिका बेपत्ता पार्ने, मानव अङ्ग बेचिने काम त्यसबेला पनि भए । यस्ता जघन्य अपराधका घटनाहरू बहुदलीय व्यवस्थामा भए, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि भइरहे । अझ यस्ता घटनाहरु शक्तिशाली कम्युनिष्टको सरकारमा झन् बढ्यो । शक्तिशाली कम्युनिष्ट सरकारको पालोमा हिंसात्मक घटनाहरू झन् किन बढ्यो ? के यसबारे केपी अोली नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा कहिल्यै गम्भीर बहस भएको छ ? के शक्तिशाली पार्टीका दुई अध्यक्ष भएको नेकपाभित्र चिन्तनमनन भएको छ ?
कुनै बालिका या किशोरीमाथि बलात्कार गरेर हत्या गर्ने दोषीलाई फाँसीको माग गर्नु स्वाभाविक हो । जघन्य अपराधका दोषीहरूमाथि जताततै फाँसीको माग आइरहेको छ । सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले फाँसी दिंदैमा अपराध नियन्त्रण हुँदैन भनेर सरकारको कमजोरी लुकाउने होइन । अरुको इज्जत लुटेर ज्यान लिने ज्यानमारालाई मृत्युदण्ड दिने व्यवस्था गर्नु आवश्यक छ । पहिले पनि एउटी महिलाको टाउको एक ठाउँमा, शरीर, हात खुट्टा पोको पारेर अर्काे ठाउँमा पालेको घटना नभएको होइन । एउटा पशुलाई जस्तै गर्धन काटेर, जीउ टुक्रा टुक्रा पारेर ज्यान लिने दोषीलाई मृत्युदण्डबाहेक अर्काे विकल्प छैन । मृत्युदण्डमात्र होइन, उसको जायजेथा जफत गरेर पीडित परिवारलाई व्यहोर्ने व्यवस्था गर्नु जरुरी छ । जघन्य अपराधका दोषीहरूलाई माया गरेर समाजमा अपराध नियन्त्रण सम्भव छैन । कडा कारबाहीको व्यवस्था नभएमा अपराधीहरूको सङ्ख्या बढ्दै जानेछ र शक्तिशाली कम्युनिष्ट सरकारको लागि त्यो ठूलो चुनौती हुनेछ । निर्मला पन्तको हत्यासँगै अन्य बलात्कार र हत्याका घटनाहरू बढेसँगै त्यस्ता अपराधीहरूलाई फासी नै दिनुपर्ने माग चारैतिर बढ्न थालेको छ । गृहमन्त्री रामबहादुर थापा आफै हत्या घटनाबाट लजित भएर मृत्युदण्डको व्यवस्था गर्न पहल गर्ने उनको कुरा सञ्चारमाध्यममा आइसकेको छ । आफ्नो वचन पूरा गर्न मृत्युदण्डको व्यवस्था गर्नेतर्फ गृहमन्त्री थापा अघि बढ्नुपर्छ । जघन्य अपराधका दोषीहरूलाई जन्मकैदको नाउँमा २० वर्ष जेलमा कोचिएर पुग्दैन । कति अपराधीहरू त जन्म दिवसको अवसर पारेर बीचमै मुक्त भएका छन् । जन्मकैद ठोकिएका अपराधीहरू १०÷१२ वर्ष नपुग्दै छोडिएका छन् । यसरी छोडिएका अपराधीहरू फेरि जघन्य अपराध गर्न र गराउन पछि पर्ने छैनन् । मानव तस्कर गर्ने, बेपत्ता पारेर हत्या गर्ने, महिला बेचबिखन गर्ने, राम्रो रोजगारी पाउने प्रलोभन देखाएर वेश्यालयमा पु¥याउने र बलात्कार गरेर हत्या गर्ने कामलाई सामान्य घटनाको रुपमा लिनु हुन्न । त्यस्ता अपराधीहरूलाई त कुनै सार्वजनिक स्थानमा राखेर मृत्युदण्ड दिइनुपर्छ र उसको सम्पति पीडित परिवारलाई दिने व्यवस्था गरिनुपर्छ ।
Leave a Reply