भर्खरै :

भक्तपुर मालपोतमा अख्तियारको छापा

भक्तपुर, ११ फागुन । भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका नासु ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीसँग घूस लिएको अभियोगमा बुधबार अपराह्न ४ बजेतिर नियन्त्रणमा लिई अभियुक्तहरूको रेडह्यान्ड परीक्षण गरिएको थियो ।
बुधबार बेलुका १०ः३० बजेसम्म रकमको मुचुल्का उठाउन अख्तियार कर्मचारी व्यस्त थिए । कम्तीमा ५ लाख रुपैयाँको मुचुल्का उठाइएको बताइएको छ । साँझ घर जान लागेका कर्मचारीलाई आवश्यक अनुसन्धानको निम्ति भनी अभियुक्तहरूलाई कार्यालयमै रोकिएको थियो । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र जगाती प्रहरी कार्यालयका निरीक्षक राजकुमार सिलवालको रोहवरमा उक्त छापा मारिएको हो ।

अख्तियारमा परेको निवेदनअनुसार अख्तियारले अनुसन्धान थालेको अख्तियारका कर्मचारी गोकुल पन्तले बताउनुभयो ।
अख्तियारले विशेष रसायनसहितको नोट योजनाबद्ध रुपमा अभियुक्तहरूलाई घूसस्वरुप बुझाएको थियो । अख्तियारले आफूले बुझाएको प्रत्येक नोटको नक्कल प्रति राखेको थियो । सोअनुसार सम्पूर्ण नोट भिडाएर हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *