‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
एल.के.सुन्दर
पहिलो पुस्ता—
तनहुँ, चुँदी रम्घा
आचार्य कुलघरानमा जन्म लिन्या ।
वन, पाखा पहरामा लडीबुडी खेल्न्या ।
पढाइगुनाइ गरिकन
ठूलालाई मानमिजास
सानालाई माया गन्र्या भया ।
घाँसीको अर्ति सुन्या
आफूले पनि केही गर्न सक्छु कि ता भनी ?
मनमनमै गुन्या ।
भाषा, शिक्षा संस्कृतिको प्रचार होस् भनिकन
रामायण लेख्या ।
वधु शिक्षा दिया ।
पिताजी धनञ्जय आचार्यका
जागिर इलमका बखत विराम ग¥याको भनिकन
राणा सरकारले जेलमा हाल्या ।
एवं रीतले चलिआयाको
बिन्तिपत्रसहित कवितामै लेख्न्या भया ।
हनहन्ति व्यथाले च्याप्या भया पनि
छोरा रमाकान्तलाई भनि—भनिकन
लेख्न दियाको काव्यले
आदिकवि भानुभक्त कहल्याको ।
दोस्रो पुस्ता—
समयक्रमानसार
वंशवृद्धिका नियमानुसार
मध्ययुगीण भानुभक्तका थरि थरिका सन्तान दरसन्तान
अवतरण,
योग, बार, नक्षत्र
तिथि मितिअनुसार विविध स्वभाव
ऐजन ऐजन व्यवहार ।
कोही लडाउन भिडाउन खप्पिस्
कोही अति चतुर
कोही राष्ट्रिय जोगी
कोही राष्ट्रिय रोगी
कोही सत्ताका भोगी
कोही फुपुचेली, मामाचेली छिमेकीका भक्त ।
थोरै ज्ञानीगुनी, धेरै बैगुनी
पीडितलाई देखाई—देखाई
दातालाई छकाई—छकाई
भागबन्डा शान्ति जय नेपालका अनुयायीहरू ।
तेस्रो पुस्ता—
जिजीविषा
लथालि· व्यवहार साम्य गर्न
जिजुबुवाको रगत पसिनाले आज्र्यको
जग्गा जमिन साहुलाई सुिम्पएर ।
बुबा आमालाई बेसाहारा बनाई
बाल बच्चा टुहुरो बनाई
स्वप्निल भविष्यको जिजीवषा पालेर ।
अरब खाडीको मरुभूमी
इराक, अफ्गानिस्तान काबुलको तातो बालुवामा
रगत पसिनाले सिँचाई गर्दा गर्दै
धेरैमा थोरै फर्किन्छन् ।
बचेखुचेको सामलतुमलसहित
यता स्वदेशमा पुग्दा
ऋण आफ्नै जग्गा साहुको
बुबा आमा बादल पारि
बाल बच्चाको बिचल्ली
श्रीमती त सग्लै तर ‘‘‘‘‘?
तर श्रीमती त
अर्कैकी भइसकिन् अरे ।
बाँकी उही भानुभक्त बाजेका नाति पनातिहरू
बन्द बाकसमा फर्किन्छन् उत्तानो परेर
तर
पाईपाई हरहिसाब गरेर
रेमिट्यान्स असुल्ने सरकार
पीडित परिवारतर्फ फर्केर पिलिक्क रुन्छ ।
संसदतर्फ फर्केर मुसुक्क हाँस्छ ।
Leave a Reply