‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
श्यामकृष्ण खुलिमुली
आज हावा बहुलाएको छ
कहिले दक्षिणबाट बहन्छ
कहिले उत्तरबाट
कहिले पूर्वबाट बहन्छ
कहिले पश्चिमबाट
हो, हावा बहुलाएको छ
मनचिन्ते हावा
सपना बोकेर बहेको हावा
तिम्रा सारा सपना
यही हावाले बोकेका छन्
आज यही हावा बहुलाएको छ
तिम्रा सपनाहरू
पानीको बुँद बनेर जमिनमा खस्न नपाउँदै
तावामा परेको हावाझैं
छ्वाइँ छ्र्वाइँ गरेर वाफमा परिणत हुँदा
फेरि हावा बनेर उडेको छ
हावा भूकम्पले चर्केको भित्ताबाट भित्र छिर्छ
घामको उज्यालो रश्मी
बोकेर
मक्किएको झ्यालबाट छिर्छआशा बोकेर
ढल्नै लागेको ढोकाबाट भित्र छिर्छ
तर हावा हावा न हो
त्यसलाई न समात्न सकिन्छ
न झ्यालढोका थुनेर बन्द गर्न सकिन्छ
हो, त्यो बाहिरिन्छ
त्यो उड्छ
यताबाट उता
उताबाट यता
मनचिन्ते हावा
अझै सपना बोकेर बहिरहन्छ
तिमी जे माग्छौ–त्यो दिन्छ
घर माग
बाटो माग
धारा माग
जागिर माग
हवाइजहाज माग
पानीजहाज माग
जे चाहिन्छ त्यही माग
तर हावाले मात्र एक झलक देखाउँछ
क्यामेराको फ्ल्यासझैं
र, अलप हुन्छ
किनकि हावा बहुलाएको छ
मनचिन्ते हावा
शीतको थोपा बनेर जमिनमा झर्न नपाई
फेरि बाफ बन्छ
र,हावा बनेर उड्छ ।
Leave a Reply