बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
आफूले गरेका फर्जी र एकमुष्ठ भर्ना त्रिविले खारेज गरेपछि अखिल क्रान्तिकारी प्रचण्डले जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन प्रयोजनको लागि माघ १२, १३ र १४ गते गरेको एकमुष्ठ र फर्जी भर्ना त्रिवि स्ववियु चुनाव निर्देशन तथा अनुगमन समितिले खारेज गर्ने निर्णय गरे पछि रुष्ठ भएका उनीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका कारण त्यहाँको सम्पूर्ण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
अखिल क्रान्तिकारी र अनेरास्ववियुले चुनावी प्रयोजनका लागि त्रिविले तोकेको अन्तिम मितिमा बैंक खातामा एकमुष्ठ लाखौं रुपैयाँ जम्मा गरेर हुँदै नभएका विद्यार्थीहरुको भर्ना गर्न खोजेका थिए । सो विषयलाई लिएर नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेक्राविसंघले तालाबन्दी गरेको थियो ।
तालाबन्दी पछि भएको छानबिनमा अखिलले गरेको भर्ना रद्द गरिएको थियो । प्रशासनको मिलेमत्तोमा अखिल क्रान्तिकारीले गरेको भर्ना जोगाउने प्रयास भएको थियो । सो सम्बन्धमा त्रिविले सबै भर्ना काठमाण्डौबाटै रद्द गर्ने निर्णय गरे पछि विवादको समाधान भएको थियो ।
तर आफूले गरेको भर्ना सबै रद्द भएपश्चात अखिल क्रान्तिकारीले रुष्ठ भएर तालाबन्दी गरेको हो ।
Leave a Reply