भर्खरै :

नापतौल

सुरेश
सफर अलि लामो थियो ।
बसको पछिल्लो सिटमा लहरै बसेका थिए तीन साथीहरू । राम, श्याम र यम । बाल्यकालका यी साथीहरू धेरैपछि भेटिएका थिए । राम थियो गाउन सिपालु । तर अलि संकोची । आमाबाबुको दरिद्रताले उसको स्वभाव खुम्चाएको थियो । श्याम उल्टो थियो । आमाबाबुको सम्पन्नताले उसको स्वभाव फस्टाएको थियो । रसरङ्ग वा रमाइलो गर्न माहिर । उसलाई अरुले के भन्लान् भन्ने वास्ता थिएन । लामो सफरको फसाद हल्का पार्न श्यामले धोद्रो बोलीमा रुमानी गीतहरू गाउन थाल्यो । उसले रामलाई पनि गीत गाउन कर ग¥यो । रामको लय गुञ्जिंदै गर्दा आसपासका यात्रुका आँखाहरू बसको पछिल्लो सीटतिर लयदार भए । यमले धेरै वर्षपछि साथीहरूलाई भेटेको थियो । उसले दुवैको गीत आँखा चिम्लेर सुनिरह्यो । आमाबाबुको दरिद्रता उसको स्वभावमा पसेको थिएन । आँखामा ठूल्ठूला सपना संगाल्न सौखिन थियो ऊ । नापतौलमा सिपालु । उसले आँखा खोलेर फ्याट्ट भन्यो, “वाह श्याम, तिम्ले त हुबहु गायौ यार’’ डिट्टो नारान गोपाल, ल !”
श्यामलाई आफ्नो सम्पन्नताप्रति लाज लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *