भर्खरै :

आगलागी पीडितलाई राहत

रुकुम (पुर्व), ३ कात्तिक  ः रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा(दीलबहादुर बुढा)को परिवारलाई आज राहत वितरण गरिएको छ ।
बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।
प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका परिवारलाई उपचारको लागि नगद रु ३० हजार, एक बोरा चामल, दुई लिटर तेल, पाँच किलो चिउरा, दुई किलो दाल र दुई किलो नुन वितरण गरिएको हो ।
घरमा मासु पकाउने क्रममा एक्कासी कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ निवासी बुढाको घरमा गएराति साढे एघार बजे आगलागी हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो ।
आगलागीबाट ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीया मोतिकला बुढा जलेर घाइते हुनुभएको थियो । उहाँका हात, खुट्टा र ढाड पोलिएका छन् । उपचारको लागि उहाँलाई राति नै जनस्वास्थ्य रुकुमकोटमा लगिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *