अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
– मेरिना शाक्य
याछेँ निवासी पूर्ण चित्रकारले नवदुर्गा गणको मुकुन्दो बनाउने परम्परालाई निरन्तरता दिइरहेका छन् । ७२ वर्षीय चित्रकारले मुकुन्दो बनाउने काम २०२० देखि थालनी गरेका हुन् । गत साउन २४ अर्थात् घण्टाकर्ण पर्वदेखि बनाउन सुरु गरिएको मुकुन्दो कार्तिक १ गतेभित्र अर्थात् नवमीको दिन पूर्णतः तयार गरिसक्नुपर्छ । चित्रकार पूर्णका अनुसार नवदुर्गा गणको १३ वटा मुकुन्दो, १०८ वटा विभिन्न चित्र र देवी देवताको १५ वटा चित्र बनाउनुपर्छ ।
मुकुन्दो बनाउन माटोदेखि सुनसम्म चाहिने भएकोले मुकुन्दो तयारी गर्न रु. २ लाख ९० हजार लाग्ने चित्रकार पूर्णको तर्क छ । ती मुकुन्दो र चित्र बनाउन झण्डै तीन महिना लाग्ने उनी बताउँछन् । बनाइएका मुकुन्दो दसैंको दिन ब्रह्मायणी मन्दिरमा प्रदर्शनका लागि राखिएको हुन्छ । राति विधिपूर्वक ती मुकुन्दोहरू नवदुर्गा गणहरूलाई हस्तान्तरण गरिएको हुन्छ ।
मुकुन्दो बनाउन लाग्ने खर्च आफू एक्लैले जुटाउन नसकेको हुँदा प्रत्येक वर्ष आवश्यक सहयोगको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको उनी बताउँछन् । आवश्यक खर्च जुटाउन उनले दसैंको दिन कहिले सहयोगी महानुभावहरूको त कहिले दुखेसोको अपिल सार्वजनिक गर्दै आएका छन् । यो वर्ष पनि उनले ब्रह्मायणी स्थल वरिपरि अपिल टाँस्दै खर्च जोहोको लागि माग अघि सारेका छन् । अपिलमा लाग्ने खर्चमात्र देखाएर हुँदैन । मुकुन्दो बनाउन कुन कुन निकाय, संस्था या व्यक्तिबाट वर्षमा कति आर्थिक सहयोग उठिरहेको छ, सोको पनि जानकारी दिइएको भए सुनमा सुगन्ध हुन्छ । मुकुन्दो बनाउन सरकार, गुठी संस्थान तथा अन्य निकायबाट सहयोग प्राप्त भइरहेको बताइएको छ । भनपाले पनि यो वर्षदेखि रु. १० लाखको अक्षयकोष स्थापना गरेर सहयोग गर्ने निर्णय गरिसकेको छ । त्यस्तै मुकुन्दो र चित्र बनाएवापत आर्थिक सहयोगबाहेक अन्य पाइरहेको सेवा सुविधाबारे पनि सु–सूचित पार्नुपर्छ । मुकुन्दो बनाउन आर्थिक समस्या हुनसक्छ, त्यसको उपाय खोज्नुपर्छ । तर आर्थिक समस्या भयो भनेर आफ्नो पुख्र्यौली पेशा छोड्नु हुँदैन । आफ्नो कला, प्रतिभा र सीपलाई छोड्नु हुँदैन । चित्रकारले मुकुन्दो बनाउने कि नबनाउने भनेर चिन्ता लिने होइन । आ–आफ्नो पुर्खा र आफूले थालेको सो पेशालाई सदैव निरन्तरता दिन चित्र कोर्ने र मुकुन्दो बनाउने सीप आफ्ना सन्तानलाई सिकाइनुपर्छ । मुकुन्दो बनाएर, चित्र लेखेर कमाइएको ख्यातिमा चोट पु¥याउनु हुँदैन । नवदुर्गा नाच नचलेमा, मुकुन्दो नबनाएमा जनताको व्यापक विरोध हुनेछ । अतः नवदुर्गा नाच चलाउनुपर्छ, मुकुन्दो बनाइरहनुपर्छ ।
Leave a Reply