भर्खरै :

गरुडकुण्डमा ढुंगाना मृत अवस्थामा फेला

भक्तपुर, १३ फागुन । भक्तपुर नपा वडा नं १ स्थित गरुडकुण्डमा शुक्रबार एकाबिहान एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।
मृतक पुरुष भक्तपुर खरिपाटीका ४२ वर्षका प्रकाश भनिने दिनानाथ ढुंगाना भएको पहिचान भएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार हिजो रातिबाट नै त्यहाँ उनी लडेको अवस्थामा थिए । अनुसन्धानमा सम्बद्ध प्रहरी अधिकारीहरुका अनुसार हालसम्म के कति कारणले मृत्यु भएको हो खुलिसकेको छैन । कतै ठोकिएको, घाउ चोट पटक देखिएको छैन, मापसे गरेको हो वा होइन अनुसन्धानबाटै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *