भर्खरै :

चेतनामूलक र जानकारीमूलक लेखहरू आवश्यक

–रञ्जना चित्रकार, भक्तपुर
सुरेशमान बिजुक्छेंका स्वास्थ्यसम्बन्धी लेखहरू मजदुर दैनिकमा २०७४ जेठ २४ गते र २०७५ असार २८ गते क्रमशः ‘वर्षा ऋतुमा लाग्ने रोगहरू र बच्ने तरिका’ र ‘जीवन्त ब्लड बैंङ्क अर्थात् शरीरमै रगत भण्डारण’ मा छापिएका थिए । ती लेखहरू चेतनामूलक र जानकारीमूलक थिए ।
सरकारी अस्पताल र केही निजी अस्पतालहरूमा जाँच्न नजाउनु, डाक्टरहरूले रोग नै पत्ता लगाउँदैनन्, रोग पत्ता लगाउन नसकेपछि मानसिक रोग भएको भनी मानसिक रोगको औषधि लेखिदिन्छन् । रोग एउटा औषधि अर्कै सेवनबाट साइड इप्mेक्ट हुने, कच्चा वैद्यको मात्रा यमपुरिको जात्रा, देखाउने नै हो भने बेलायतबाट एम.डी. (सामान्यतया शरीरमा लाग्ने विभिन्न रोगहरू) र मुटु विशेषज्ञ डाक्टरहरूकोमा देखाउनु, कलेजो, फोक्सो, आमाशय, मृगौला आदिले राम्ररी काम नगर्दा सुरुको अवस्थामा विभिन्न परीक्षणले पनि राम्ररी काम नगरेको लक्षण देखाउन नसक्ने भन्ने चर्चा–परिचर्चा भइरहेको बेला सरकारी अस्पतालमा मात्र जानसक्ने गरीब जनतालाई मर्का पर्ने नै भयो । त्यसो भएको हुनाले नेपालकै कलेजहरूमा डाक्टर पढ्नेहरूलाई मानवीय उच्च भावना र नेपाली परम्परागत औषधि विज्ञान र आर्युवेद, भारतीय र अन्य मुलुकहरूका विभिन्न रोग पत्ता लगाउने उपायहरूमा नै विशेष जोड दिनुपर्ने देखिन्छ ।
२०७५ कार्तिक १५ को मजदुर दैनिकमा अनु ह्यौमिखाद्वारा लिखित ‘अस्पतालमा मेडिकल अक्सिजन प्लान्टको आवश्यकता’ शीर्षकको लेखमा मेरो ध्यान तान्यो । ढुवानी खर्च, सिलिन्डर चुहावट खर्च र प्रतिव्यक्ति खर्च घटाएर आप्mनै ठाउँमा उत्पादन हुने मेडिकल अक्सिजन प्लान्टले ६५ प्रतिशत सस्तो हुने र सस्तो र सर्वसुलभ रुपमा वितरण गर्नसकेमा ख्वप अस्पतालले जन–सद्भावना बढाउन सकिने उल्लेख छ । यो धेरै राम्रो सुझाव हो । यसर्थ सम्बन्धित निकायले अत्याधुनिक तर सस्तो प्रविधिबाट स्थानीय तवरबाटै मेडिकल अक्सिजन प्लान्टको उत्पादन गर्नेतर्फ लाग्नु आवश्यक छ ।
सुरेशमान बिजुक्छें, अनु ह्यौमिखा र अन्य स्वास्थ्य क्षेत्रका मित्रहरूले स्वास्थ्यबारे यस्तै चेतनामूलक र जानकारीमूलक लेखहरू लेख्नु हुने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *