युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
काठमाडौं, १८ कार्तिक । बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आइतबार निधन भएको छ ।
मस्तिष्कघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।
उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।
Leave a Reply