अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, कार्तिक १९ । “हाम्रो कला संस्कृति हाम्रो पहिचान हो । कला–संस्कृति लोप हुँदा हाम्रो पहिचान समाप्त हुन्छ । विभिन्न जातजातिका कला, संस्कृति र लिपि संरक्षण हुनु आवश्यक छ ।”
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इस्ट प्वाइन्ट एकेडेमीको आयोजनामा कार्तिक १९ गते स्मारिका विमोचन, एसईई उत्तीर्ण विद्यार्थी, अभिभावक सम्मान तथा देउसी भैलो रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
स्थानीय सम्पदा संरक्षणमा भक्तपुर नपाले निरन्तर काम गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले यही वर्षदेखि भक्तपुरका ९२ वटा स्कूलमा स्थानीय पाठ्यक्रम लागू गरी यहाँका स्थानीय भाषा, खेल र कलालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले हरेक कुराको संरक्षण गर्ने पक्षमा भनपाले काम गर्दै आएको बताउनुभयो ।
पढेलेखेका मान्छे भएर मात्र पुग्दैन, समाजको सेवक र देशभक्त नागरिक तयार गर्न परिवार र विद्यालय लाग्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले आफ्नो देशको निम्ति काम गर्न सक्ने जनशक्ति विद्यालयहरूले तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा इस्ट प्वाइन्ट एकेडेमीका संस्थापक प्रिन्सिपलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने भनपा वडा नं. १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, जिल्ला अदालत कास्कीका न्यायाधीश लालकाजी श्रेष्ठ, ब्याब्सनका अध्यक्ष श्रीकृष्ण के.सी, माछापुच्छ्रे बैङ्क भक्तपुर शाखा प्रमुख दीपक श्रेष्ठ, इसान जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछा, शिक्षिका मञ्जु तिमिल्सिनालगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा इष्ट प्वाइन्टका विद्यार्थीहरूले देउसी–भैलो पनि प्रदर्शन गरिएको थियो ।
Leave a Reply