भर्खरै :

काक्राबारीमा शुभकामना कार्यक्रम

भक्तपुर, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका काक्राबारीको आयोजनामा आइतबार दीपावली २०७५ र नेपाल संवत् ११३९ तथा छठपर्वको अवसरमा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न
भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं –३ का सदस्य सुरेन्द्रराज गोसाईले कम्युनिष्टको खोल ओढेर जनतालाई शासन गर्न खोज्ने नक्कली कम्युनिष्टदेखि सचेत हुनुपर्छ भन्नुभयो । उहाँले सक्कली कम्युनिष्टले देश र जनताको हितमा काम गर्छ, शिक्षा, स्वास्थ्य निःशुल्क, ज्येष्ठ नागरिकहरूलाई आदर निकेतनको व्यवस्था गर्छ, स्वदेशमै रोजगारीको व्यवस्था गर्छ भन्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सदस्य सृजना सैजुले नेपालको संविधानमा नेपालको क्षेत्रफल उल्लेख नगर्दा आज भारतले १० हजार किलोमिटरभन्दा बढी सिमाना मिचेको बताउनुभयो ।
नेमकिपा काक्राबारीका महिला सदस्य आशा तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समिति सदस्य पूर्णबहादुर तामाङ्ग, नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य सूर्यभक्त त्वाती, नेमकिपा सूर्यविनायक नगर समिति सदस्य प्रेमबहादुर तामाङ्ग, बुद्ध लामाले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *