अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सरु दुमरु
नेपालमा पशु पंक्षीलाई पूजा गरिन्छ । तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र तेस्रो दिन गाईको पूजा गरिन्छ । दसैंमा हजारौं पशुको बली दिइन्छ । यसको विरोध गर्न धेरै पशु अधिकारका संस्थाहरू खोलिएका छन् । तर जब साँच्चै तिनीहरूको हितको निम्ति काम गर्नुपर्ने समय आउँछ, प्रायः आफ्नो दायित्वबाट भाग्न खोजिएको महसुस हुन्छ ।
संसारमा हरेक प्राणीलाई बराबरी बाँच्ने अधिकार छ । तर मान्छे आफू धेरै विवेकशील अनि बुद्धिमान ठानेर जनावरलाई आफ्नो निम्ति प्रयोग गर्न खोज्छन् । आफ्नो घरमा पालेको कुकुरलाई आफ्नै छोराछोरीजस्तै पालेको देख्छौँ तर बाहिर छाडिएका वा भुस्याहा कुकुरलाई घृणाले हेरिएको पाउँछौँ । यस्तै सन्दर्भ भक्तपुरमा देखिएको छ । कलेजबाट घर जाने क्रममा एउटा बाइक चालकले भुस्याहा कुकुरलाई घाइते पारेर भाग्छ त्यो कुकुरलाई कसैले सहयोग गरिदेला कि भन्ने आशा हुन्छ । तर मानिसहरू कुकुरको अवस्थालाई नदेखेझैं गरी हिंडिरहन्छन् । कसैको मनमा त्यो कुकुरप्रति पनि दया पलाएन । धेरै प्रयासपछि एक जना मान्छेको सहयोगमा हामी कुकुरलाई अस्पतालसम्म लग्न सफल भयौँ । तर अस्पताल शुल्क देखेपछि सहयोगको मन पनि हच्कियो । सहयोगका लागि अनेकौं पशु अधिकारका संस्थाहरूलाई सम्पर्क ग¥यौँ । केही बहाना बनाएर तिनीहरूले त्यसलाई उपचार गर्न नचाहेको महसुस गरे । हामीले कहिले पनि हार मानेनौँ । संयोगवस फेसबुकमा रोमी लामा भन्ने महिलाको सम्पर्क भयो । उहाँले हरेक वर्ष धेरै कुकुरको उद्धार गर्नुभएको समाचार पढ्यौँ । त्यही फेसबुककै सहयोगमा उहाँसँग सम्पर्क भयो । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने वचन दिनुभयो । उहाँकै सल्लाहमा अस्पताल लगी उपचार ग¥यौं । आज त्यो कुकुरको अवस्था राम्रो छ ।
भुस्याहा कुकुर अथवा सडकको कुकुर र breed कुकुर पाल्दा खासै कुनै फरक हुँदैन । जसरी हामीले भाषा, व्यवहार, खानपिन दचभभम कुकुरलाई सिकाउँछौँ यसरी नै भुस्याहा कुकुरलाई सिकाउने हो भने त्यसले पनि सिक्दछ । मान्छेको खराब बानी के छ भने भर्खरै जन्मेको सानो कुकुरलाई आफ्नो आमाको मायाबाट वञ्चित गरेर घरमा पाल्न लान्छौँ तर केही समयपश्चात् कुनै कारणवस त्यही कुकुरलाई सडकमा छाडेर निर्दयी कार्य गर्दछौँ । के मानिसको यो कार्य स्वार्थी भएन र ? आखिर तिनीहरूको जीवनमा माया र प्रेमको आवश्यक हुँदैन र ? के तिनीहरूलाई खान नपाएर भोक लाग्दैन र ? के तिनीहरूलाई चोटपटक हुँदा दुख्दैन र ? हा,े तिनीहरू बोल्न सक्दैनन् तर तिनीहरूको पनि भावना मान्छेसरह नै हुन्छ । अनि भनिन्छ नि भुस्याहा कुकुर भएर समाज फोहर भयो रे ! के यो ठीक हो ? मेरो विचारमा भुस्याहा कुकुर भएर फोहोर, दुर्गन्धित भएको होइन । यो त स्वयम् कार्य र व्यवहारले भएको हो । कुकुर राम्ररी पालेको भए, सडकमा नछाडेको भए र राम्रो व्यवहार गरेको भए कुनै पनि हालतमा भुस्याहा कुकुरले समाजमा हानी पु¥याउँदैनथ्यो ।
किन मान्छे यति धेरै निर्दयी भएका ? मान्छेलाई घाउ हुँदा दुख्ने मन किन जनावरलाई घाउ हुँदा पोल्दैन होला ? यसै पत्रमार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई आफ्नो घरमा पालेको जनावरसरि माया सद्भाव देखाइदिनुहुन अनुरोध गर्दछु ।
(लेखिका ‘काठमाडौं स्कूल अफ ल’ मा अध्ययनरत हुनुहुन्छ ।)
Leave a Reply