अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
तनहुँ, २१ कात्तिक (रासस) ः तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी दिलबहादुर सार्कीले आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गरी जीवन्त राख्दै आउनुभएको छ । बुबाले गर्दै आउनुभएको यस पेसालाई दिलबहादुरले १६ वर्षदेखि मादल बनाउँदै आउनुभएको हो ।
मादल पेशाबाट वर्षेनी मादल बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका दिलबहादुर सार्कीले यस वर्ष पनि करीब ५०० मादल बनाएर बिक्री गर्ने योजना रहेको बताउनुभयो । “गत वर्ष करीब ७०० मादल बिक्री गरेका थियौँ,” उहाँले भन्नुभयो, “यस वर्ष भने ग्राहकको माग गत वर्षजस्तो भएन ।”
“पुख्र्यौली पेशालाई जीवन्त राख्दै मादल बिक्री गरेर वर्षमा चारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको छु ।” बुबाले गर्दै आउनुभएको पेशालाई आफूले समेत निरन्तरता दिँदै जाने योजना बनाएको दिलबहादुरका छोरा विष्णुबहादुर सार्कीले बताउनुभयो ।
“मादल बनाउन लागि आवश्यक सामग्री उपलब्ध हुन पनि छाडिसक्यो पहिलाजस्तो अहिले सामान पाउनै मुस्किल छ”, उहाँले भन्नुभयो, “गाई गोरु पाल्न छाडेकाले छाला पाउनै मुश्किल छ ।” तिहार नजिकिएसँगै देउसी र भैलो खेल्ने समूहको माग बढ्न थालेपछि मादल व्यवसायीलाई बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले दिलबहादुरका परिवारले एकातिर लोप हुन लागेको पेशा जीवन्त राखेका छन् भने अर्कोतर्फ आम्दानीको स्रोत बनाएको बताउनुभयो ।
माइला दाइ नामबाट चिनिएका सार्कीको पसलमा दैनिक मादल किन्न आउनेको भीड लाग्ने गरेको छ । पोहोर मादल बिक्री गरेर मनग्य आम्दानी लिए पनि यसपटक भने देउसीभैलो खेल्ने मानिसको कम चाप भएका कारण पहिलेजस्तो मादल बिक्री हुँदैन की भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो ।
गाईगोरुको छाला पाउन छाडेपछि बाख्राको छालाको प्रयोग गरेर अहिले मादल निर्माण गरिरहेको उनीहरुले बताएका छन् । उनीहरुले मादल बनाउनको लागि प्रयोग हुने काठसमेत स्थानीय क्षेत्रमा नपाइने भएकाले धादिङ र पोखराको याम्दीबाट मादल बनाउने काठ ल्याउने गरेका छन् । खासगरी मादल बनाउको लागि खमारी, गोयालो, उत्तीसलगायतका काठ उपयुक्त मानिन्छ ।
पेशा सङ्कटमा पर्ने चिन्ता
सोह्र वर्षदेखि मादल बनाउँदै आएका उनीहरुले अबका केही वर्षमा पेशा नै सङ्कटमा पर्छ कि भनेर चन्ता लिन थालेका छन् । समयको मागसँगै आधुनिकतातर्फ मानिसको ध्यान केन्द्रित भई संस्कृतिलाई बिर्सने अवस्था नआउँला भन्न सकिन्न भन्दै यसको संरक्षणको लागि सम्पूर्ण समुदाय लाग्नुपर्ने दिलबहादुर सार्कीले बताउनुभयो ।
पछिल्लो समय बजारमा मादलको माग वर्षेनी घट्दै गइरहेको छ । साउण्ड सिस्टमको प्रभावले गर्दा मादललगायतका बाद्यवादनका सामग्रीप्रति मानिसको मोह घट्दै गएको छ उहाँले भन्नुभयो । (रासस)
Leave a Reply