जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
- आश्विन ३, २०८१
पेकिङ, ८ नोभेम्बर । एसियाका विभिन्न देशको भ्रमणमा रहनुभएका क्युवाली राष्ट्रपति मिगुएल डायज–कानल चीनको राजधानी पेकिङ पुग्नुभएको छ । पेकिङमा उहाँलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले औपचारिक रुपमा स्वागत गर्नुभयो ।
पेकिङमा मिगुएलसँग भेट्दै राष्ट्रपति सिले चीन र क्युवाबीच निकै लामो मित्रताको इतिहास भएको र मिगुएलको चीन भ्रमणले मित्रताको इतिहासमा नयाँ अध्याय लेखिने बताउनुभयो ।
चीनको पहिलो औपचारिक भ्रमणमा आउनुभएका मिगुएललाई चीनमा स्वागत गर्दै उहाँले क्युवाली कम्युनिष्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रोप्रति हार्दिक शुभकामना पु¥याइदिन आग्रह गर्नुभयो ।
क्युवालाई एउटा महान देशको रुपमा प्रशंसा गर्दै सिले आधा दसकभन्दा लामो कठिनाइ र बाधा अवरोधबीच विकासको आफ्नै बाटोमा हिंडिरहेको क्युवाप्रति संसारले सम्मान प्रकट गर्दै आएको बताउनुभयो ।
चीन र क्युवा दुवै समाजवादी देशहरू भएकाले दुवै देश असल मित्र, कमरेड र बन्धु रहेको बताउँदै सिले समयका हरेक परीक्षा र अन्तर्राष्ट्रिय परिस्थितिको बद्लिंदो अवस्थाबीच दुई देशबीचको सम्बन्ध प्रगाढ रहेकोमा जोड दिनुभयो ।
“५८ वर्षअघि कामरेड फिडेल क्यास्ट्रो नेतृत्वको क्युवा चीनसँग कूटनीतिक सम्बन्ध जोड्ने दक्षिणी गोलाद्र्धको पहिलो देश भएको इतिहास चिनियाँ जनताले कहिल्यै भुल्ने छैनन् ।”, सार्वभौमिकता रक्षा र देशको विकासमा चीनप्रति दरिलो समर्थन व्यक्त गर्दै आएका क्युवाली कम्युनिष्ट पार्टी र क्युवाली जनताप्रति आभार व्यक्त गर्दै सिले भन्नुभयो ।
आफ्नो दुई पटकको क्युवा भ्रमणका क्रममा क्युवाली क्रान्ति नायक फिडेल क्यास्ट्रोसँग भएका आत्मीय कुराकानीको स्मरण गर्दै सिले पुराना पुस्ताका नेताहरूले बिजारोपण गर्नुभएको दुई देशबीचको सम्बन्धलाई अझ अगाडि विकास गर्दै द्विपक्षीय मैत्रीपूर्ण सहकार्यको नयाँ अध्याय लेख्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
द्विपक्षीय सम्बन्धको विकासमा अडिग क्युवाली कम्युनिष्ट पार्टी, सरकार र जनताको उच्च प्रशंसा गर्दै दीर्घकालीन सोचका साथ समग्र योजना बनाई चीन र क्युवाबीचको सम्बन्धलाई गहिराइमा पु¥याउनुपर्ने धारणा राख्नुभयो ।
सिले दुई देशबीच आपसी विश्वास र सहयोग विकास गर्दै आपसी सहकार्य र आदानप्रदानलाई जोड दिने विश्वास व्यक्त गर्नुभयो ।
दुवै देशले आपसका मूल हित र प्रमुख चासोका विषयलाई समर्थन गर्दै जानुपर्ने सिको भनाइ छ ।
सिले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि क्युवाले गर्दै आएको सङ्घर्षप्रति अडिग समर्थन रहने र आफ्नो राष्ट्रिय परिस्थिति सुहाउँदो समाजवादी बाटोमा क्युवाली प्रतिबद्धताको समर्थन गर्ने प्रस्ट पार्नुभयो ।
राउल क्यास्ट्रो, मिगुएल कानललगायत अन्य नेताहरूको सफल नेतृत्वमा क्युवाले महत्वपूर्ण उपलब्धि हासिल गर्दै जानेमा विश्वास व्यक्त गर्दै उहाँले चीन, ल्याटिन अमेरिका र क्यारिबियाली देशबीचको सम्बन्धमा क्युवाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सिले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा क्युवा र चीनबीच सहकार्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
बेल्ट एण्ड रोड कार्यक्रममा क्युवाको सहभागिताको लागि राष्ट्रपति मिगुएल र क्युवा सरकारप्रति आभार व्यक्त गर्दै व्यापार, ऊर्जा, कृषि, पर्यटन र औषधि उत्पादनमा सहकार्य हुँदै जाने बताउनुभयो ।
साङ्घाईमा चालू प्रथम चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनको अवलोकनपश्चात पेकिङ पुग्नुभएका मिगुएललाई चीनमा आयात विस्तार गर्न प्रदर्शनले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।
भेटमा क्युवाली राष्ट्रपति मिगुएलले चीनको लगातारको समर्थनको लागि आभार व्यक्त गर्दै क्युवाका नयाँ पुस्ताको नेतृत्व चीनसँगको पुरानो मित्रता अझ अघि बढाउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो । चीनले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा प्रस्तुत विकाससम्बन्धी विचारप्रति पूर्ण सहमति व्यक्त गर्नुभयो ।
आन्तरिक आर्थिक र सामाजिक ढाँचाको सन्दर्भमा चीनबाट क्युवाले सिक्न चाहेको भन्दै क्युवामा पनि समाजवादी निर्माणको प्रवद्र्धन गर्ने प्रयास भइरहेको मिगुएलले बताउनुभयो ।
उहाँले दुई देशबीच आपसीमा उच्चस्तरीय भ्रमण तथा राजनीतिक संवाद कायम राख्नुपर्ने, व्यापार, शिक्षा र संस्कृतिलगायतका क्षेत्रमा सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
मिगुएलले अन्तर्राष्ट्रिय मामिलामा आपसी संवाद र सहकार्यको आवश्यकता रहेको धारणा राख्नुभयो ।
दुई नेताबीचको कुराकानीअघि द ग्रेट हल अफ द पिपुल्समा सीले मिगुएललाई स्वागत गर्नुभएको थियो । सो क्रममा दुई देशबीच केही महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएका थिए ।
बिहीबार नै मिगुएल र चीनका प्रधानमन्त्री ली खस्याङबीच भेटघाट भएको थियो ।
Leave a Reply