भर्खरै :

प्रहरी चौकी नजिकै उपप्रमुख जोशीको घरमा चोरी

भक्तपुर, ५ मंसिर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको निवासमा मङ्गलबार चोरी भएको छ । सूर्यविनायक नपा वडा नं ८ साविक सिपाडोलको नौडोल, चखुस्थित उहाँको घरमा मङ्गलबार दिउँसो कोही नभएको मौका पारी चोरी भएको हो । चोरहरू घरको पछाडिको ढोकाबाट पसेर चोरी गरेको देखिएको उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार सेफभित्र राखेको डेढ लाख बराबरको नगद, २१ तोला सुन, हिरा तथा चाँदीका गहनालगायत अन्य सामान चोरी भएको छ ।
“दुई वटा ठूला दराजको बीचमा चेपिएको सेफ दराज सारेर निकाली फोडेको देखिन्छ । चोरहरूले घरको मूलढोका बाहेक अरु सबै ढोका फोडेका छन् ।
उनीहरूले घरका सबै सामान छरपस्ट पारेका छन् ।”, उहाँले जानकारी दिनुभयो । जोशीको निवास महानगरीय प्रहरी परिसर जगातीबाट झण्डै एक किलोमिटर दक्षिणमा पर्दछ । चोरीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *