‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
लागोस, नाइजेरिया, ७ मङ्सिर ः नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् ।
केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।
बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको सुरक्षा श्रोतले जनाएको छ ।
मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक रहेका छन् भने एक जना प्रमुख सेनानी रहेको समाचारमा जनाइएको छ । तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिनु भएको छैन । (रासस/सिन्ह्वा)
Leave a Reply