के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौं २० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पश्चिमा देशहरूको निर्देशानुसार काम गरे विध्वंश हुने विचार राख्दै अमेरिका र नेटो देशहरूले पूर्वी यूरोप, युगोस्लाभिया, चेकोस्लाभिया, इरान, सिरियालाई त्यही स्थितिमा पु¥याएको विचार राख्नुभयो ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगद्वारा आयोजित काठमाडौं राजधानी र उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासको लागि उपयुक्त संरचना निर्माण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेंले अङ्ग्रेजहरूले भारत र पाकिस्तानको नक्सा कोरेजस्तै नेपालको स्थानीय तहको नक्सा विदेशीलाई कोर्न दिन नहुने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले स्थानीय तहको सङ्ख्या मुख्य नभएको जनताको भावना र भूगोल नै महत्वपूर्ण भएको उल्लेख गर्दै नगर घोषणा गर्दा सांस्कृतिक, औद्योगिक, व्यापारिक कस्तो बनाउने हो स्पष्ट हुनुपर्ने विचार राख्नुभयो ।
घर भत्काएर सडक चौडा गर्नु गलत भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले बागमती र विष्णुमती अतिक्रमित भएकोमा पञ्चायत कालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्रीहरू दोषी भएको विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले पूँजीवादी व्यवस्थाका नगरहरूको होइन समाजवादी देशका नगरहरूको उदाहरण लिनुपर्ने विचार राख्दै दिल्ली, जाकर्ता, मनिला व्यवस्थित हुन नसकेको बताउनुभयो ।
स्थानीय तहको पुनःसंरचनाको काम योजना आयोगले गर्नुपर्ने विचार राख्दै अध्यक्ष बिजुक्छेंले बालुवाटार, सिंहदरवार र शीतलविनास ठगहरूको घेरामा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले एउटै देशबाट मात्र सामान आयात गर्दा फेरि फेरि नाकाबन्दी दोहोरिने चर्चा गर्दै अरु देशले तीन पञ्चवर्षीय योजनामा आत्मनिर्भर बनाएको उल्लेख गर्नुभयो ।
पार्टीका अर्का सांसद प्रेम सुवालले काठमाडौं उपत्यकालाई एउटै मेट्रो सिटी बनाउने विषय हटारमा निर्णय गर्न नहुने विचार राख्दै आयोगले ३३७४ स्थानीय निकायलाई ७१९ मा घटाइएको हुँदा देशभरि असन्तुष्टि बढेको र स्थानीय चुनाव नै नहुने अवस्था देखिएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले प्रतिवेदनमा दाङको एउटै स्थानीय तह १०० किमि लामो भएको हुँदा असन्तुष्टि भइरहेको उल्लेख गर्दै भक्तपुरका जनता, सांसद र राजनीतिक दलहरूले साविक ६ वटा नगरपालिकाकै कायम गर्नुपर्ने मतलाई बेवास्ता गरी आयोगले चारवटा प्रस्तावित गरेको मनोमानी नै भएको विचार राख्नुभयो ।
चीनको पुरानो सहर लिचियाङजस्तै काठमाडौं उपत्यकाका सांस्कृतिक नगर संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद सुवालले करोड–डेढ करोडको सहर बनाउने विदेशी नक्कलकै कारण काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार र फोहर मैलाको समस्या बढेको बताउनुभयो ।
छलफलमा सांसदहरू लक्ष्मण राजवंशी, रामवीर मानन्धर, चन्द्र महर्जन, रुपा महर्जन, ध्यानगोविन्द रञ्जित, राजन केसी, भरतबहादुर खड्का, रामेश्वर फुयालले पनि विचार राख्नुभएको थियो । ८ सांसदहरूमध्ये ६ जनाले हतारमा मेट्रो सिटी घोषणा गर्न नहुने विचार राख्नुभयो ।
आयोगका सदस्य डोरमणि पौडेलले स्वागत गरेको छलफलमा नगरपालिका सङ्घका कार्यकारी प्रमुख कलानिधि देवकोटाले मेट्रो सिटीबारे कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय चुनाव नहुने विषय आयोगलाई आरोप आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
Leave a Reply