भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
-रामचन्द्र श्रेष्ठ
“सुन साँइली साँइली परदेशबाट म आउँला
सुन साँइली साँइली चालिस कटेपछि रमाउँला।।।।
सुन साँइली साँइली दियोमा तेलै हुरुरु
सम्झी कहिल्यै नरुनु…”
हेमन्त रानाको स्वरमा सजिएको कालीप्रसाद बाँस्कोटाको शब्द र संगीत रहेको यो गीत अहिले भाइरल बेनेको छ । २८ माघमा युट्युबमा अपलोड गरेको यो गीत ७२ घण्टाभित्र १८ लाख दर्शकले अवलोकन गरे । कुनै पनि गीत वा भिडियो यसरी भाइरल बन्नुका पछाडि विशेष गरेर व्यक्ति र समाजको कुतुहुलताले उल्लेखनीय भूमिका खेल्दछ । कुतुहुलताको कारण कैयौं हुनसक्छन् । तर, रानाको गीत कुतुहुलताले भन्दा पनि अपनत्वका कारणले भाइरल बनेको हो । नेपाली समाजले खेपिरहेको वैदेशिक रोजगारीको पीडालाई मानवीय भावना र प्रेमसँग गाँसेर गरिएको अभिव्यक्ति नै रानाको गीतको सबल पक्ष हो ।
‘साँइली’ नेपाली पहाडी जीवनमा सम्बोधन हुने शब्द हो । यसले साँइली छोरी वा साइलाकी श्रीमतीलाई बोध गराउँछ । यद्यपि अब एकल परिवारको अभ्यास भइसकेको सन्दर्भमा यो ‘तह’ जनाउने शब्दभन्दा पनि प्रेमको सम्बोधन बनिसकेको छ । ‘साँइली’ उच्चारणभित्र प्रेमको कोमल अनुभुति लुटपुटिएको हुन्छ । त्यसैले प्रेमको कोमल सम्बोधन प्रयोग गरिएको गीतले आमयुवा मनहरुलाई स्पर्श नगर्ने कुरै रहेन । गीत भाइरल बन्यो ।
मान्छे दुई खालका गीतहरु औधी रुचाउँदो रहेछ । कि त मानिस आफ्ना दुःख बिर्साउने गीत रुचाउँछ कि त दुःखकै गीत । आफ्ना समस्या, पीडा र दुःखबाट टाढा लग्ने गीतहरु, चाहे ती रोमान्टिक हुन् वा ठट्यौला वा उत्तेजक, केही क्षणलाई भोगिरहेको यथार्थ बिर्साउने गीत रुचाउँछ मान्छे । गीतमा रम्दासम्म आफ्ना दैनिक दुःखका पहाड पन्छेसरह मान्छ । भ्रम नै भए पनि समस्याबाट भाग्दा हुने ‘मजा’मा रम्छ । र, त त्यस्तै गीत मनपराउँछ ।
अर्कोतर्फ मानिस आफ्नै दुःखका सुसेली मन पराउँछ । आफ्ना पीडाका अनुभुतिसँग साक्षात्कार हुँदै चुपचाप–चुपचाप आँसु चुहाउन मन पराउँछ । रानाको गीतले आमनेपाली युवाले भोगिरहेको विरह पोखेको छ । जसरी मुनामदनले आमनेपालीको मन जित्यो त्यस्तै गरी रानाको गीतले पनि मन जित्दैछ ।
के नेपाली युवाको वैदेशिक रोजगारीमा जानुपर्ने कथित ‘बाध्यता’ भावीको खेल हो रु भाग्यको दोष हो रु के खाडीमा भासिएका ती लाखौं–लाख युवाहरु सबै अभागी हुन् रु सबैका ग्रहदिशा बिग्रेकै हुन र?
खासमा यसको दोषी त सरकार हो । वर्तमान शासन प्रणाली र सिंगो व्यवस्था हो । नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीको लागि सस्ता मजदूर बनाएर बेच्ने सरकारको दलाल नीति नै दोषी हो । हरेक निर्वाचन क्षेत्रबाट निश्चित संख्या तोकेर विदेश बेच्ने नीतिबाट शुरु भएको वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रलाई बाहिर जलप लगाएको छ । तर भित्रभित्रै खोक्रो पारेको छ— धमिराले जस्तै । हरेक दिन सरदर तीन नेपाली युवाको लास भित्रनु के ‘भावीको खेल’ मात्र हो रु पछिल्लो समय नेपाली छापाहरुमा आइरहेको वैदेशिक रोजगार सम्बन्धित अनेक रिपोर्टहरुले के पुष्टि गर्दछन् रु सोझा–सीधा नेपाली युवालाई ठग्ने म्यानपावर कम्पनीलाई सरकारले कहिल्यै कारबाही र नियमन गरेको छ र रु बरु उल्टो म्यानपावर कम्पनी सम्बन्धितलाई राजदुत बनाएर पुरस्कृत गरेको छ । के यषे भाग्यको दोष हो रु नेपाली युवाहरुले यी प्रश्नको उत्तर खोज्नै पर्दछ ।
सामाजिक विषय उठान गरेका गीतहरु हल्का–फुल्का, सस्ता, भावुक, उरन्ठ्याउला गीतभन्दा बढी मर्मस्पर्शी हुन्छन् । ती जनताको मनमा चीरकालसम्म स्मृतिमा रहन सक्षम हुन्छन् । तिनको ओज र घनत्व भारी हुन्छ । त्यसैले त झलकमान गन्धर्वको ‘आमैले सोध्लिन् नि…’ गीत चर्चित र लोकप्रिय भयो । पारिजातले नेपाली सबै गीतलाई तराजको एउटा पल्लामा र झलकमानको गीतलाई अर्को पल्लामा राख्ने हो भने पनि ‘हे बरै…’ कै पल्ला भारी हुने लेखेकी थिइन् । सामाजिक विषयलाई उठान गरेको गीत यति ओजिलो हुँदोरैछ । हेमन्त राना र कालीप्रसाद बाँस्कोटाले नेपाली संगीतको इतिहासमा त्यहिं सुन्दर प्रयास गरेका छन् ।
गीतमा विरह छ, वेदना छ । विछोडको गहिरो पीडा छ । आँसु र दुःख छ । जुन दुःख आम नेपाली युवाको हो । बिहे गरेको केही दिनमै पराई मुलुकमा जाकिनु पर्ने पीडाले ग्रसित छन् नेपाली युवाहरु । विरहको भारीले भरिएको छ नेपाली युवा मन । तिनीहरु व्यथित छन् । दुःखी छन् । त्यसैले ती युवाहरुले यो गीतमा आफ्नै छातीको प्रतिध्वनि भेट्टाए । तिनीहरु गीत सुने र रोए । अझै गीतको मर्मलाई उतारिएको भिडियो हेरे र व्यथित बने । गीत तिनीहरुको आफ्नै साँचो अभिव्यक्ति बन्यो ।
पछिल्लो समयमा वैदेशिक रोजगारीका अनेक प्रभाव र पक्षलाई कमेडी र गीतमा उतार्ने प्रयासहरु भएका छन् । धेरैमा वैदेशिक रोजगारीले सिर्जना गरेको पारिवारिक कलहलाई विषय बनाइन्छ । श्रीमान वैदेशिक रोजगारीमा र श्रीमतीको धोका मात्र चित्रित गरिन्छ । यो गीत यी सबैभन्दा फरक छ किनभने यसले धोकाको होइन विश्वासको चित्रण गरेको छ । वियोगसँगसँगै प्रतीक्षाको चाहना व्यक्त गरेको छ । ‘चालिस कटेपछि रमाउँला…’को आन्तर्यमा जवानी विदेशमा कटाउनुपर्ने पीडामात्र होइन प्रतीक्षाप्रति दरिलो विश्वास पनि अभिव्यक्त छ । गीत प्रिय बन्यो किनभने यसले अवचेतन मनमा छिपेको आशंकालाई आशामा फेरिदियो । ‘दियोमा तेल हुरुरु…’को आशय यहीं नै हो ।
तर के यत्तिमै राना र बाँस्कोटाको गीत सफल छ त रु के नेपाली युवालाई यहीं गीत नै पर्याप्त छ त रु हो, गीतले पीडालाई प्रशस्त अभिव्यक्त गरेको छ । आँसुले लुछुप्प छ गीत । तर, मात्र आँसु पर्याप्त छ र रु गीतको एउटा हरफ यस्तो छ—
‘निधारमा नाम्लो बरियो
भावीको खेलमा परियो…’
हो, यहींनेर गीत आफ्नो उचाई उठाउँदा–उठाउँदै चिप्लेको छ । के नेपाली युवाको वैदेशिक रोजगारीमा जानुपर्ने कथित ‘बाध्यता’ भावीको खेल हो रु भाग्यको दोष हो रु के खाडीमा भासिएका ती लाखौं–लाख युवाहरु सबै अभागी हुन् रु सबैका ग्रहदिशा बिग्रेकै हुन रु
खासमा यसको दोषी त सरकार हो । वर्तमान शासन प्रणाली र सिंगो व्यवस्था हो । नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीको लागि सस्ता मजदूर बनाएर बेच्ने सरकारको दलाल नीति नै दोषी हो । हरेक निर्वाचन क्षेत्रबाट निश्चित संख्या तोकेर विदेश बेच्ने नीतिबाट शुरु भएको वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रलाई बाहिर जलप लगाएको छ । तर भित्रभित्रै खोक्रो पारेको छ— धमिराले जस्तै । हरेक दिन सरदर तीन नेपाली युवाको लास भित्रनु के ‘भावीको खेल’ मात्र हो रु पछिल्लो समय नेपाली छापाहरुमा आइरहेको वैदेशिक रोजगार सम्बन्धित अनेक रिपोर्टहरुले के पुष्टि गर्दछन् रु सोझा–सीधा नेपाली युवालाई ठग्ने म्यानपावर कम्पनीलाई सरकारले कहिल्यै कारबाही र नियमन गरेको छ र रु बरु उल्टो म्यानपावर कम्पनी सम्बन्धितलाई राजदुत बनाएर पुरस्कृत गरेको छ । के यसमा भाग्यको दोष हो ? नेपाली युवाहरुले यी प्रश्नको उत्तर खोज्नै पर्दछ ।
राना र बाँस्कोटाको गीत आँसुले भिज्नु पर्याप्त छैन । नेपाली युवाको छातीमा विरह र आँसुमात्र छैन । आगो र आक्रोश पनि छ । गीतहरु अब रुवाबासीलेमात्र भरिनुहुन्न । परिस्थितिप्रतिको आक्रोशले रंगिनुपर्दछ । गीतका पंक्तिले यो तितो यथार्थ बदल्ने साहस दिनुपर्दछ । युवाका छातीभित्र सुषुप्त रहेको परिवर्तनको ज्वारलाई उद्वेलित गर्नुपर्दछ । त्यसैले राना र बाँस्कोटाहरुले अब आँसु होइन आगो गाउन। विरह होइन विद्रोह गाउन । अब रूवाबासी मात्र पर्याप्त छैन ।
Leave a Reply