‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
मेक्सिको सिटी, २६ नोभेम्बर । मेक्सिकोले संरा अमेरिकालाई आफ्नो सीमा क्षेत्रमा सुरक्षा बढाउन आग्रह गरेको छ । विभिन्न देशबाट संरा अमेरिका जाने लक्ष्यका साथ मेक्सिको पुगेका मानिसहरू अहिले संरा अमेरिका र मेक्सिको सिमानामा पुगेका छन् । आइतबार उनीहरूले संरा अमेरिकी सिमाना अवरोध तोडेर त्यत्ता जाने प्रयास गरेका थिए । तर उनीहरूमाथि अश्रुग्यास प्रहार गरेर तितरबितर बनाइएको थियो ।
मेक्सिकोको गृहमन्त्रालयले जारी गरेको वक्तव्यअनुसार जबरजस्ती संरा अमेरिका जान खोज्नेलाई गिरफ्तार गरी जुन देशबाट आएका हुन्, त्यही देशमा पठाइनेछ । संरा अमेरिकाले तिजुआना, मेक्सिको र सान डियगोको बीचमा रहेको सान सिद्रो प्रवेश नाका घण्टौं बन्द गरेको थियो ।
Leave a Reply