भर्खरै :

जाडो महिना सुरू भयो, सरकार !

देशभर चिसो बढेको छ । काठमाडांैको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिमाली जिल्ला जुम्लाको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झ¥यो । हिमाल, पहाड र तराईका सबै जिल्लामा तापक्रम ओरालो लागेको छ । जाडो महिनामा चिसोका कारण विगतका वर्षमा धेरै नेपालीले ज्यान गुमाउनुपरेको थियो । भूकम्पले घरबास गुमाएका धेरै नेपाली अझै पनि टहरामा सुत्न बाध्य छन् । भूकम्प पीडितबाहेक टहरा वा कच्ची घरमा बसिरहेका नेपाली जनता पनि धेरै छन् । अत्यधिक चिसो हुँदा जाडोको सामना गर्न नसक्दा पहिले सर्वसाधारण अनाहक रुपमा मर्नु परेको घटनाबाट सिकेर सरकारले अहिले नै पूर्वतयारी थालनी गर्नु बुद्धिमानी हो ।
जाडोबाट मर्ने भनेका गरिब र विपन्न जनता नै हुन्छन् । न्यानो लुगाफाटा नहुनु, कमसल घर र तातो दिने खानाको अभावमा उनीहरू चिसो रातमा मरिरहेका हुन्छन् । मान्छे मरिसकेपछि गोहीको आँसु चुहाउँदै क्षतिपूर्ति दिन मन्त्री र सरकारी मानिसहरू लाम लागेर जानुको सट्टा जाडो महिनाको सुरूवातसँगै जाडोले मान्छे नमर्ने उपायमा सरकार लाग्न जरुरी छ । वास्तविकताको धरातलमा उभिएर भन्दा सरकारले घर नभएकालाई घरै दिनसक्ने अवस्थामा त अहिले छैन । टहरामा बसेका जनतालाई न्यानोसँग सुत्न सक्ने वासको वैकल्पिक बन्दोबस्त गर्नुपर्दछ । न्यानो कपडा, ओढ्ने सिरक र ओछ्याउन डस्नाको व्यवस्था गर्न सके धेरै गरिब नेपालीले न्यानो गरी सुत्न पाउनेछन् । त्यस्तै जाडोमा खानपर्ने तातो दिने खानाको बन्दोबस्त र त्यसबारे प्रचारप्रसारमा सरकारले तदारुकता देखाउने समय आइसकेको छ । मान्छे नमरुञ्जेल बेर भएको छैन भनी बस्नु र भएपछि मात्र दुःख साट्न जानुले सरकारको उत्तरदायित्व पूरा हुनसक्दैन ।
जाडोमा ताप्न दाउरासमेत नहुँदा धेरै मानिस मृत्युको मुखमा पुगेका हुन्छन् । टिम्बर कर्पोरेशनले विगतमा जाडो महिनामा आगो ताप्न भनी सस्तो दरमा काठको बन्दोबस्त गर्ने गथ्र्यो । तर आजभोलि यसको उचित बन्दोबस्त हुने गर्दैन । सरकारले जाडो महिनाको लागि आवश्यक पर्ने काठको बन्दोबस्त गर्न ढिलो गर्नु हुन्न ।
विशेषतः जाडोले सबभन्दा बढी प्रभावित हुने जनसमुदाय भनेको ज्येष्ठ नागरिकहरू हुन् । मर्नेहरूमध्ये पनि अधिकांश ज्येष्ठ नागरिक नै हुने गरेका छन् । त्यसकारण देशैभरिका स्थानीय सरकारले आफ्नो पालिकाका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच र उपचारको बन्दोबस्त गर्न सके यसले धेरै ज्येष्ठ नागरिकको दीर्घजीवनको लागि मद्दत गर्नेछ । साथै जाडो महिनामा ध्यान दिनुपर्ने स्वास्थ्यसम्बन्धी जानकारीको पनि व्यापक प्रचार गरिन आवश्यक छ । जाडो महिनामा सेवन गर्दा स्वास्थ्यलाई हित गर्ने खानेकुरा बजारमा सुलभ र सस्तो रुपमा उपलब्ध गर्ने बन्दोबस्त गरिनुपर्दछ । साथै जाडो छल्न हाम्रो पुर्खाले प्रयोग गर्ने गरेका विधि र संस्कृतिलाई संवद्र्धन गर्दै जनस्तरसम्म अझ व्यापक बनाउन सबै तहका सरकारले ध्यान दिनुपर्दछ ।
जाडोका कारण मानिस मरे हामीले समृद्ध देशको अपेक्षा गर्नु मृगतृष्णामात्र हुनसक्छ । सरकारले यतिबेला सामाजिक सुरक्षा दिवस मनाउने तामझामका साथ तयारी गरिरहेको छ । ठाउँमा ठूलठूला विज्ञापन झुण्डिएको देखिन्छ । सञ्चारमाध्यममा पनि प्रचार व्यापक छ । सामाजिक सुरक्षा दिवसको औपचारिक कार्यक्रममा प्रधानमन्त्री केही चुट्किला भन्नेमा सीमित हुनुहुन्न । जाडो महिनामा गरिब जनतालाई आवश्यक सेवा पु¥याउन सक्नुमै सामाजिक सुरक्षाको मूल लक्ष्य हुनसक्दछ । सस्तो लोकप्रियताको लागि मान्छे मरिसकेपछि पैसा र कपडाका पोका बोकेर जाने मौका नकुरौं, चिसो छल्न आजैबाट गरिब जनताको लागि उचित बन्दोबस्त गर्नेतिर लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *